बागलुङ। बाग्लुङ २ (ख) को प्रदेशसभा सदस्यमा बामगठबन्धनका खिमविक्रम शाही निर्वाचित भएका छन्। राजमो उम्मेदवार शाहीले २ हजार ९७ मतान्तरले चुनाव जितेका हुन्। आइतबार मध्यराती सकिएको मतगणना अनुसार शाहीले ११ हजार २ सय ३५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ९ हजार १३८ मत ल्याएको राजमोका नेता संजाल शर्माले जानाकारी दिनुभएको छ । बिजयी खिमविक्रम शाहीलाई नेकपाले भरपुर सहगाएको थियो भने नेकपा अध्यक्ष प्रचण्ड शाहीलाई भोट माग्न बाग्लुङनै पुगेका थिए ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेकोमा महिला मतदाता ११ हजार ९ सय २२ तथा पुरुष मतदाता ९ हजार ९ सय ७३ गरी जम्मा २१ हजार ८ सय ९५ मतदाता (६१ प्रतिशत)ले मतदान गरेका थिए । मतदानमा पुरुष भन्दा महिला मतदाता १ हजार ९ सय ४९ बढीले भाग लिएका थिए ।
बागलुङ-२ ‘ख’ मा राजमोका शाही निर्वाचीत
बागलुङ-२ ‘ख’ मा राजमोका शाही निर्वाचीत
Advertisement
तपाईको प्रतिक्रिया