अर्घाखाँची । मालारानी गाउँँपालिका -३ खनदहमा काँग्रेसका शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर वडाअध्यक्षमा विजयी भएका छन ।निकटतम प्रतिद्धन्दी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी लिएर शोभाखरले विजयी हासिल गरेका हुन । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गरे । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए ।राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गरेका छन ।विजयी शोभाखर खनाल गएको निर्वाचनमा एमालेका जिवन चौहानसंग ३६ मतले पराजित भएका थिए ।
Advertisement