ओमप्रकाश गुप्ता, भालुवाङ । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले देवीकोटमा रहेको भद्राक्षी देवी मन्दिरको प्रचारप्रसार र विकासमा आफनो योगदान रहने बताएका छन् । देवीकोट धार्मिक तथा पर्यटन विकास समिति राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटको आयोजनामा बुधवार देखि राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढमा सुरु भएको श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञलाई उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले सो कुरा बताएका हुन् । उनले भद्राक्षी देवी मन्दिरको सम्वृद्धिका लागि पुरातत्व विभागमा यसको उत्खनन गर्ने तथा विभिन्न मन्दिरहरु निमार्ण गर्ने र नेपालको एउटा महत्वपुर्ण धार्मिक स्थलको रुपमा विकास गर्ने बताएका छन् । हिन्दु धर्मको संरक्षण,सम्वद्र्धन गरी आन्तरीक पर्यटन तथा धार्मिक,साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्ने र भद्राक्षी देवी मीनदरको भौतिक संरचना तथा भ्यु टावर निर्माणार्थ महायज्ञ सञ्चालन हुन लागेको हो । सतिदेवीको बाँया घुडा पतन भएको श्रीस्वास्थानी ब्रत कथामा समेत उल्लेख रहेको छ । समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको महायज्ञ उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, किरण भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भानु जोशीले गरेका थिए । मंसिर ११ गते हिजो देखि १९ गते सम्म सञ्चालन हुने महायज्ञमा नेपालका ख्याती प्राप्त पण्डितद्धय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिनाले कथा बाचन गर्ने आयोजकले जानकारी दिएको छ । महायज्ञ सुरु हुन भन्दा पहिला विभिन्न बाजागाजा, झाँकी सहित कलशयात्रा निकालिएको थियो ।
देवीकोटको विकासमा मेरो योगदान रहन्छ : सांसद चौधरी
देवीकोटको विकासमा मेरो योगदान रहन्छ : सांसद चौधरी
Advertisement
तपाईको प्रतिक्रिया