• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

नेकपाले प्यूठानमा सहमति उल्लंघन गर्यो : मसाल (वक्तव्य सहित)


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • प्युठान । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दुई पार्टि बिच केन्द्रीय तहमा भएको तालमेलको सहमति उल्लंघन गरेको आरोप लगाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा आफुहरु बिच भएको सहमती प्युठानमा नेकपाले उल्लघन गरेको उल्लेख छ। बाग्लुङमा नेकपाले इमान्दारीपूर्वक सहमति अनुसार नै नेकपालाई सघाएपनि प्युठानको सन्दर्भमा नेकपाको इमान्दारिता नदेखिएको मसालले जनाएको छ ।
    प्यूठानको बरौलामा सहमति विपरीत नेकपा जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका उल्लेख छ । दुई पार्टीबीचको सहमति अनुसार प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा मसालका भक्तबहादुर बिक उम्मेदवार बनेका छन् । उनलाई समर्थन नगरेर नेकपाले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको मसालको दाबी छ ।‘प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उल्लंघन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवार छैन तैपनि त्यहाँ उनीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र व्यक्तिलाई नेकपाको जिल्ला नेतृत्वले जिताउनका लागि आफ्नो पूरा शक्ति लगाएको छ ।प्युठानको बरौंलामा नेकपाले सहमति अनुसार राजमोलाई सहयोग नगरे परस्पर अविश्वास सृजना गर्ने पनि महामन्त्री सिंहद्धारा जारी बक्तव्यमा उल्लेख छ। ’बाग्लुङ–२ (ख) मा नेकपाको समर्थनमा खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।नेकपासँगको सहमति अनुसार मसालले उपनिर्वाचनमा दुई स्थानमा बाहेक अन्त उम्मेदवारी दिएको छैन ।बाग्लुङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भने नेकपाले सहमति अनुसारै आफ्नो पार्टीका उम्मेदवारलाई पुरापुर सहयोग गरिरहेको महामन्त्री सिंहले बक्तव्य मार्फत भनेका छन् ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (मसाल)
    केन्द्रीय कार्यालय

    वक्तव्य

    आगामी मंसीरमा हुने बिभिन्न तहका उपनिर्वाचनहरुबारे हाम्रो र नेकपाको केन्द्रीयतहमा सहमति भएको थियो । त्यस अनुसार बाग्लुङको बुर्तिबाङको प्रदेशसभाको उपनिर्वाचन तथा प्यूठानको बरौलाको वडा अध्यक्षको चुनावमा उनीहरुले हामीलाई समर्थन गर्ने र केन्द्र,प्रदेश र स्थानीय तहका अन्य सबै निर्वाचनहरुमा हामीले उनीहरुलाई समर्थन गर्ने सहमति भएको थियो ।
    जहाँसम्म हाम्रो प्रश्न छ, हामीले आफ्नो प्रतिवद्धतालाई पूरै पालन गरेका छौँ । कतिपय स्थानीय तहका चुनावहरुमा हाम्रा कतिपय समर्थकहरुले उम्मेदवारी दिएपनि नेकपासित भएको सहमतिलाई पालन गर्नका लागि हामीले आफ्ना कतिपय उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाएका छौँ वा उम्मेदवारी दिन चाहेका अन्य कतिपय समर्थकहरुलाई पनि त्यसो गर्न रोकेका छौँ ।
    त्यसका लागि हामीलाई खुसी लागेको छ कि, बाग्लुङको वुर्तिवाङको प्रदेश उपनिर्वाचनमा नेकपाले इमान्दारिता र दृढतापूर्वक आफ्नो प्रतिवद्धतालाई पालन गरेको छ । तर प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उलङ्घन गरिएको छ । त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवारी दिइएको छैन । तैपनि त्यहाँ उनीहरुको तर्फबाट उम्मेदवार बनेको स्वतन्त्र व्यक्तिलाई त्यहाँको नेकपाको जिल्ला नेतृत्वले जिताउनको लागि आफ्नो पूरा शक्ति लगाएको छ । त्यो सङ्गठनका जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका छन् । त्यो वास्तवमा केन्द्रीय स्तरमा भएको सहमतिको पूरा उलङ्घन हो । त्यसले उनीहरुको अत्यन्त अविश्वसनीय र निम्न राजनीतिक स्तरलाई बताउँछ । त्यसलाई हाम्रो पार्टीले कडा शब्दमादुःख र क्षोभ प्रकट गर्दछ ।
    हाम्रो समझदारी नेकपाको केन्द्रीय तहमा भएको थियो । त्यसकारण प्यूठानबारे केन्दीय स्तरमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुन्छ । यदि त्यसरी प्यूठानको बरौलाको वडाध्यक्षको चुनावबारे भएको सहमतिलाई कार्यान्वयन गरिएन भने त्यसले परस्परमा अविश्वासको वातावरण सृजना गर्ने छ । हामीले आशा गर्दछौँ, त्यस्तो हुने छैन ।

    २०७६ मंसिर ९ गते

    ………………..
    मोहनविक्रम सिंह
    महामन्त्री

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation