• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ६. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ७. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ८. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ९. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

  • १०. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

नेकपाले प्यूठानमा सहमति उल्लंघन गर्यो : मसाल (वक्तव्य सहित)


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • प्युठान । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दुई पार्टि बिच केन्द्रीय तहमा भएको तालमेलको सहमति उल्लंघन गरेको आरोप लगाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा आफुहरु बिच भएको सहमती प्युठानमा नेकपाले उल्लघन गरेको उल्लेख छ। बाग्लुङमा नेकपाले इमान्दारीपूर्वक सहमति अनुसार नै नेकपालाई सघाएपनि प्युठानको सन्दर्भमा नेकपाको इमान्दारिता नदेखिएको मसालले जनाएको छ ।
    प्यूठानको बरौलामा सहमति विपरीत नेकपा जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका उल्लेख छ । दुई पार्टीबीचको सहमति अनुसार प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा मसालका भक्तबहादुर बिक उम्मेदवार बनेका छन् । उनलाई समर्थन नगरेर नेकपाले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको मसालको दाबी छ ।‘प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उल्लंघन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवार छैन तैपनि त्यहाँ उनीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र व्यक्तिलाई नेकपाको जिल्ला नेतृत्वले जिताउनका लागि आफ्नो पूरा शक्ति लगाएको छ ।प्युठानको बरौंलामा नेकपाले सहमति अनुसार राजमोलाई सहयोग नगरे परस्पर अविश्वास सृजना गर्ने पनि महामन्त्री सिंहद्धारा जारी बक्तव्यमा उल्लेख छ। ’बाग्लुङ–२ (ख) मा नेकपाको समर्थनमा खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।नेकपासँगको सहमति अनुसार मसालले उपनिर्वाचनमा दुई स्थानमा बाहेक अन्त उम्मेदवारी दिएको छैन ।बाग्लुङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भने नेकपाले सहमति अनुसारै आफ्नो पार्टीका उम्मेदवारलाई पुरापुर सहयोग गरिरहेको महामन्त्री सिंहले बक्तव्य मार्फत भनेका छन् ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (मसाल)
    केन्द्रीय कार्यालय

    वक्तव्य

    आगामी मंसीरमा हुने बिभिन्न तहका उपनिर्वाचनहरुबारे हाम्रो र नेकपाको केन्द्रीयतहमा सहमति भएको थियो । त्यस अनुसार बाग्लुङको बुर्तिबाङको प्रदेशसभाको उपनिर्वाचन तथा प्यूठानको बरौलाको वडा अध्यक्षको चुनावमा उनीहरुले हामीलाई समर्थन गर्ने र केन्द्र,प्रदेश र स्थानीय तहका अन्य सबै निर्वाचनहरुमा हामीले उनीहरुलाई समर्थन गर्ने सहमति भएको थियो ।
    जहाँसम्म हाम्रो प्रश्न छ, हामीले आफ्नो प्रतिवद्धतालाई पूरै पालन गरेका छौँ । कतिपय स्थानीय तहका चुनावहरुमा हाम्रा कतिपय समर्थकहरुले उम्मेदवारी दिएपनि नेकपासित भएको सहमतिलाई पालन गर्नका लागि हामीले आफ्ना कतिपय उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाएका छौँ वा उम्मेदवारी दिन चाहेका अन्य कतिपय समर्थकहरुलाई पनि त्यसो गर्न रोकेका छौँ ।
    त्यसका लागि हामीलाई खुसी लागेको छ कि, बाग्लुङको वुर्तिवाङको प्रदेश उपनिर्वाचनमा नेकपाले इमान्दारिता र दृढतापूर्वक आफ्नो प्रतिवद्धतालाई पालन गरेको छ । तर प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उलङ्घन गरिएको छ । त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवारी दिइएको छैन । तैपनि त्यहाँ उनीहरुको तर्फबाट उम्मेदवार बनेको स्वतन्त्र व्यक्तिलाई त्यहाँको नेकपाको जिल्ला नेतृत्वले जिताउनको लागि आफ्नो पूरा शक्ति लगाएको छ । त्यो सङ्गठनका जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका छन् । त्यो वास्तवमा केन्द्रीय स्तरमा भएको सहमतिको पूरा उलङ्घन हो । त्यसले उनीहरुको अत्यन्त अविश्वसनीय र निम्न राजनीतिक स्तरलाई बताउँछ । त्यसलाई हाम्रो पार्टीले कडा शब्दमादुःख र क्षोभ प्रकट गर्दछ ।
    हाम्रो समझदारी नेकपाको केन्द्रीय तहमा भएको थियो । त्यसकारण प्यूठानबारे केन्दीय स्तरमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुन्छ । यदि त्यसरी प्यूठानको बरौलाको वडाध्यक्षको चुनावबारे भएको सहमतिलाई कार्यान्वयन गरिएन भने त्यसले परस्परमा अविश्वासको वातावरण सृजना गर्ने छ । हामीले आशा गर्दछौँ, त्यस्तो हुने छैन ।

    २०७६ मंसिर ९ गते

    ………………..
    मोहनविक्रम सिंह
    महामन्त्री

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै
    गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी
    रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    • ६.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    भर्खरै

    • १.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • २.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ३.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ४.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ७.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    • ८.
      नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation