• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ६. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ७. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ८. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

जब प्रधानमन्त्री ओलीले टेबल ठोक्दै भने,‘स्टप द मिटिङ’ ! मातृका यादव गर्थे मुखामुख


  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं। दुरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट आएको थियो । तर सो मन्त्रिपरिषद् बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं उपस्थित थिएनन् ।तत्कालीन मन्त्रीहरू गोकर्ण विष्ट, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारीले विवादास्पद व्यक्तिलाई अध्यक्ष नियुक्त नगरौं भनेका थिए । तर प्रधानमन्त्रीले गर्नुपर्ला, विचार गरौं न भनेर दोहोर्‍याए । तीन–चार पटकसम्म मन्त्रीहरूले हुँदैन भनेर अडान लिए । रिसाएका प्रधानमन्त्री ओलीले क्याबिनेटको टेबल ठोक्दै भने, ‘स्टप द मिटिङ ।’

    Advertisement

    बैठकमा सन्नाटा छायो । तर धेरैजसो मन्त्रिपरिषद्मा असहमति राख्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यो विषयमा प्रधानमन्त्रीलाई ढाडस दिँदै भने, ‘यो प्रधानमन्त्रीय पद्धति हो । त्यसैले आवश्यक लाग्छ भने तपाईंले निर्णय गर्नुस्, तपाईंको अधिकारभित्र पर्छ ।’ तर प्रधानमन्त्रीले भने, ‘अब बैठक नै स्थगित गरिसकें । केको निर्णय गर्नू ?’

    मन्त्रिपरिषद्को अर्को नियमित बैठकमा यो विषयले प्रवेश पाउँदा मन्त्रीहरू बैठकमा प्रवेश नै गरेका थिएनन् । प्रधानमन्त्री स्वयं सधैं ढिला आउने भएकाले मन्त्रीहरूले पनि लापरबाही गरेर ढिला गरेका थिए । तर त्यस दिन प्रधानमन्त्री समयमै पुगे । उनको साथमा कानुनमन्त्री भानुभक्त ढकाल मात्र थिए । दुईजना भएर निर्णय गरे – दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरिएको छ । लगत्तै पुगेका मन्त्रीहरूलाई यस्तो निर्णय भएको छ भनेर जानकारी गराइयो ।बहिर्गमनमा परेका एक मन्त्रीका अनुसार प्रधानमन्त्री मन्त्रिपरिषद्को बैठकमा समयमै पुगेको एक मात्र दिन त्यही हो । अरू बैठकमा समयमा पुग्ने मन्त्रीहरू न्यूनतम आधा घन्टादेखि बढीमा दुई घन्टासम्म पर्खन्छन् । उनीहरू यो समयमा खाजा खान्छन्, गफ गर्छन् । तर बैठक सुरू भएपछि पनि प्रधानमन्त्रीले धेरैजसो रमाइलो गर्छन् । केही विषयमा र कहिलेकाहीँ मात्र मन्त्रिपरिषद्को माहोल गम्भीर हुन्छ ।

    मन्त्रिपरिषद्मा मन्त्रालयबाट आएका प्रस्तावबारे पालैपालो ब्रिफिङ हुन्छ । क्रमशः निर्णय हुन्छ । कसैले प्रस्ताव ल्याएन भने प्रधानमन्त्रीले चासो दिँदैनन् । तर सञ्चार मन्त्रालयबाट कुनै प्रस्ताव देखिएन भने प्रधानमन्त्रीले सोध्छन्, ‘गोकुल केही प्रस्ताव छ कि ?’ मन्त्रिपरिषद् बैठकमा समेत सबैभन्दा बढी माया पाउने मन्त्री गोकुल नै हुन् ।मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव राख्छन् तर प्रधानमन्त्रीले असहमति राख्दा चुप लाग्छन् । उपेन्द्र यादव र प्रदीप ज्ञवालीले पनि कहिलेकाहीँ तर्क गर्छन् । तर बैठकमा प्रधानमन्त्रीसँग सबैभन्दा बढी सवाल–जवाफ गर्ने मन्त्री मातृका यादव थिए । उनले धेरै विषयमा धेरैपटक प्रधानमन्त्रीसँग मुखामुख गरे ।मदिरा उद्योगको लाइसेन्स अहिले बन्द छ । कम्पनीमा दर्ता भइसकेका तर लाइसेन्स नपाएका उद्योगका लागि के गर्ने भन्ने छलफल चलिरहेको थियो । यही वेला औद्योगिक व्यवसाय ऐन संशोधन हुन लागेकाले पहिले नै दर्ता भएका मदिरा उद्योगलाई पनि लाइसेन्स खुला गर्ने प्रावधान मस्यौदामा राखियो । तर प्रधानमन्त्रीको निर्देशनमा उद्योगसचिव यामकुमारी खतिवडाले प्रस्ताव तयार पारेको थाहा पाएपछि मन्त्री यादवले तीन महिनासम्म हस्ताक्षर गरेनन् ।तैपनि सचिवमार्फत फाइल मन्त्रिपरिषद्को अर्थ समितिमा पुगेर छलफल भयो । यहाँ पनि मन्त्री यादवले पुरानै अडान दोहोर्‍याए जसलाई अर्थमन्त्री युवराज खतिवडाले पनि साथ दिए । ‘मन्त्रीले मदिरा उद्योगलाई लाइसेन्स खुलाउन मान्नुभएको छैन, त्यसैले उहाँले भनेअनुसार मस्यौदा तयार पारेर ल्याउनुहोस्,’ अर्थमन्त्री खतिवडाको भनाइ उद्योगसचिव खतिवडाले मानिनन् । बरु मन्त्री यादव उपस्थित नभएको मन्त्रिपरिषद् बैठकले मस्यौदा पास गर्‍यो । तर मन्त्रिपरिषद्बाट पारित भएको मस्यौदा विधेयकका रूपमा संसद्मा प्रस्तुत हुन मन्त्रीको हस्ताक्षर चाहिन्छ । यही वेला सो विधेयक फेरि मन्त्री यादवको हातमा आयो । उनले पढे र मदिरा उद्योगलाई इजाजत दिने अंश भएको एक पाना च्यातेर बाँकी अंश संसद्मा पठाइदिए । यसरी अपूरो विधेयक संसद्मा दर्ता भयो । धेरैको चासो भएकाले मदिराको विषय खोजियो । तर ‘महत्त्वपूर्ण विषय’ नै गायब भएको भेटिएपछि विषय कानुन मन्त्रालयमा पुग्यो ।कानुन मन्त्रालयले मन्त्रिपरिषद्लाई चिठी लेख्यो, ‘औद्योगिक व्यवसाय ऐन संशोधन गर्न विधेयकको विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय र संसद्मा दर्ता भएको मस्यौदामा फरक देखिन आएकाले यो विषयमा मन्त्रिपरिषद्को भनाइ स्पष्ट पारिदिन अनुरोध छ ।’ कानुन मन्त्रालयको पत्र मन्त्रिपरिषद्मा पुगेपछि बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले पढेर सुनाए । त्यसपछि प्रधानमन्त्री रिसाए । उनले मन्त्री यादवलाई सोधे, ‘तपाईं मन्त्रिपरिषद्को निर्णय नमान्ने ? प्रधानमन्त्रीको निर्देशन नमान्ने ? सचिवलाई गुमराहमा राख्ने ?’ मन्त्री यादवले जवाफ फर्काए, ‘विभागीय मन्त्रीको मत नसुन्ने ? मलाई थाहा नदिई निर्णय गर्ने ? विधिसम्मत नभएको कुरालाई मैले कसरी मान्ने ?’विवाद चर्किएपछि प्रधानमन्त्रीले यादवलाई दुई विकल्प दिए, ‘तपाईं कि राजीनामा दिनूस्, कि मैले हटाइदिन्छु, तपाईंसँग तेस्रो विकल्प छैन ।’ मन्त्री यादव बोले, ‘उसो भए हटाउनूस्, म मरिहत्ते गर्दिनँ । तपाईंले यसअघि पनि पटक–पटक हटाउँछु भनिसक्नुभएको छ ।’

    प्रधानमन्त्री र मन्त्रीको यो विवादले मन्त्रिपरिषद्मा सन्नाटा छायो । तर सञ्चारमन्त्री बाँस्कोटा बोले, ‘मन्त्रीज्यूबाट गल्ती भएको हो, उहाँले सच्याउनुहुन्छ । यो विवाद चर्काउन ठीक छैन । बरु भोलि बिहान बालुवाटार गएर मन्त्रीज्यूले कुरा गर्नुहुन्छ ।’

    ढाडस पाएजस्तै मन्त्री यादवले बोले, ‘जान्थें नि तर भेट्न पाए पो । टाइम नै पाइँदैन ।’ प्रधानमन्त्री नबोल्दै मन्त्री बास्कोटाले भने, ‘ल भोलि बिहानको टाइम प्रधानमन्त्री नबोल्दै मन्त्री बास्कोटाले भने, ‘ल भोलि बिहानको टाइम फिक्स्ड भयो ।’ यसरी मन्त्री यादवको पद जोगियो । तर उनको पद जोगिएको यो पहिलोपटक होइन । ६ पटकसम्म यही अवस्थामा पुगेर जोगिएको उनको पद सातौँपटकमा भने साँच्चै गएको छ ।

    तर प्रधानमन्त्रीलाई भेट्न खोज्दा बालुवाटारबाट ‘रेस्पोन्स’ नभएको गुनासो गर्ने यादव एक्ला मन्त्री होइनन् । उनीसँगै पदमुक्त भएकी थममाया थापाले त नयाँ पत्रिकासँग औपचारिक रुपमै यस्तै गुनासो गरिन् । ‘प्रधानमन्त्रीलाई भेट्नका लागि समय माग्यो, सचिवालयका सदस्यले फोन नै उठाउनुहुन्न । बल्ल–तल्ल फोन उठ्छ । समय मिलाउछु भन्ने जवाफ आउँछ । कुरेर बस्यो तर, खबरै आउँदैन । यस्ता खालका समस्याहरू धेरै आए । समग्रमा भनौं, मन्त्रीले समेत प्रधानमन्त्रीलाई सहज ढंगले भेट्ने स्थिति थिएन । एक खालको घेरावन्दी जस्तो थियो,’ उनले भनिन् । आजको नयाँ पत्रीकामा खबर छ ।प्रधानमन्त्री ओलीले राजीनामासमेत नमागी मन्त्रीहरूलाई अपमानजनक ढंगले हटाएको भन्दै उनीहरूले गुनासो गरेका छन् । ‘मन्त्रिपरिषद् पुर्नगठन हुने भन्ने त जानकारी थियो । पहिलेदेखि नै चर्चा थियो, प्रधानमन्त्रीले मंगलवारको बैठकमा समेत यो विषयमा चर्चा गर्नुभएको थियो । कोही बाहिरिनुहोला, कोही दोहोरिनुहोला भन्नुभएको थियो । तर, नाम भने बताउनु भएको थिएन । तर, म आफैं बर्खास्तगीमा पर्र्छु भन्ने सोचेकी थिइनँ । म यसमा विल्कुल अनभिज्ञ छु । मलाई किन मन्त्रीबाट हटाइयो ? केही मेसो पाएकी छैन,’ थममायाले भनिन् ।प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकनका लागि मार्कसिट नै तयार गरेका थिए । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नम्बर पाएकाहरू नै अहिले बहिर्गमनमा परेका छन् । उल्टै, प्रत्येक महिनामा मन्त्रिपरिषद् परिवर्तन हुने भनेर आफ्नै सहकर्मीको हुर्मत लिएको भन्दै अर्का एक निवर्तमान मन्त्रीले दुःखेसो गरे । ‘प्रधानमन्त्रीले उपयुक्त समयमा हटाउनुभयो, ठीक छ तर भोलि हटाउने हो, पर्सि हटाउने हो भनेर महिनौँदेखि हल्ला चलाइयो । मनोबल गिराउने काम भयो,’ एक मन्त्रीले भने ।सामान्य प्रशासनमन्त्रीबाट हटाइएका लालबाबु पण्डितले पनि आफूले गरेका राम्रा कामहरूको प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्न नपाई नै पदमुक्त गरिएको गुनासो गरेका छन् । स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्रीको सचिवालय र सल्लाहकार समूहले लामो समयदेखि मन्त्रीहरूलाई समेत भेटघाटमा ‘ब्लक’ गरेको उनले निकटस्थहरूलाई बताउने गरेका छन् ।प्रधानमन्त्रीको सचिवालय र सल्लाहकार समूहले शाखा अधिकृतहरूको सरुवा–बढुवासमेत अनावश्यक चासो राख्ने गरेको र त्यसलाई नमान्दा बहिर्गमनमा परेको पण्डितले निकस्थहरूलाई सुनाएका छन् । ‘सल्लाहकारहरूको चासो सम्बोधन गर्न नसक्दा बाहिरिनुपरेको सुनाउनुहुन्छ,’ पण्डितको भनाइ उद्धृत गर्दै एक सहयोगीले भने, ‘नत्र हटाउनुपर्ने अरु कुनै कारण छैन, कानुन बनाएर एक वर्षभित्रै संघीयताको जटिल काम कर्मचारी समायोजन भएकै थियो, प्रधानमन्त्रीको भिजन र मार्गदर्शनमै अघि बढिरहेको थिएँ ।’ नयाँ पत्रिकासँगको संक्षिप्त प्रतिक्रियामा भने उनले मन्त्रीपरिषद् पुनर्गठन प्रधानमन्त्रीको संवैधानिक अधिकार र नियमित काम भएकाले बताए । त्यसमा आफुलाई कुनै दुःख र गुनासो नभएको उनले बताए । ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई ठीक लाग्दासम्म मात्र कुनै पनि मन्त्री टीममा रहिरहन सक्छ, नलाग्दा कुनै पनि बेला बाहिरिनुपर्छ त्यसैले मलाई कुनै दुःख पनि लागेको छैन, गुनासो पनि छैन,’ पण्डितले भने ।निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले औपचारिक रुपमा प्रतिक्रिया दिन चाहेनन् । तर उनले पनि आफ्ना सहयोगीहरूलाई भनेका छन्, ‘न प्रधानमन्त्रीका कुरा सुन्न पाइयो, न सुनाउन पाइयो । नेपाली किसानको दूध सडकमा पोखिने, विदेशबाट आयात भएको पाउडरमा पानी मिसाएर बजारमा बेचिने स्थिति अन्त्य गर्न मैले पाउडर दूधको आयात निषेध गरेको हुँ । तर व्यापारीहरूले प्रधानमन्त्रीलाई भेटेर आयात खुलाउन दबाब दिए । मैले प्रधानमन्त्रीलाई स्पष्ट पार्ने मौकै पाइनँ।

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ६.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    भर्खरै

    • १.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ३.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ४.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ५.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ६.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ७.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ८.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation