बिमलराज डाँगी,रोल्पा। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहितको जम्बो टोली भोलि शुक्रवार रोल्पाको थवाङ आउनुहुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थबाङले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न मुख्यमन्त्री सहितको टोलि थवाङ आउन लागेको हो। मुख्यमन्त्रीले थवाङ लगायत रोल्पा जिल्लाका विभिन्न ठाँउहरुमा हुने कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य कुमार दसौदीले जानकारी दिनु भयो । मुख्यमन्त्री पोखरेलले ६ गते शुक्रवार मध्यान्ह १२ बजे थवाङको सामुदायिक भवनको सभाहलमा कार्यकर्ता भेटघाट एव् सम्बोधन गर्नुहुने छ।
सोही कार्यक्रममा संघिय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य सुजिता शांक्य, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के सी सोनाम, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन ‘सिजल’, नेकपा प्रदेश कमिटीका सदस्य कुमार दसौदी, जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती,जिल्ला सचिव हरि प्रसाद घर्ती लगायतको सहभागिता रहने छ ।
कार्यक्रमको लागी व्यवस्थापन सबै पुरा भैसकेको नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) थवाङ गाउँपालिकाका अध्यक्ष रामधन पुन सौभाग्यले जानकारी दिनुभयो ।मुख्यमन्त्री पोखरेल नेकपा प्रदेश ५ को इन्चार्ज समेत रहनु भएकोले जिल्लाको विभिन्न ठाँउमा पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम छ ।६ गते मध्यान्न थवाङको कार्यक्रम सकिय लगतै रोल्पाको खरिवोटमा हुने कार्यकर्ता भेटघाट कार्यक्रम, ६ गते साझ माडी गाउँपालिकाका कार्यकर्ता तथा माडी गाउँपालिकाका जनप्रतिनिधी सँग भेटघाट कार्यक्रमको तय गरिएको छ भने ७ गते रुन्टिगढीको होलेरीमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्नेु हुनेछ ।
थवाङ जाँदै मुख्यमन्त्रीको जम्वो टोलि ( के के छन कार्यक्रम)
थवाङ जाँदै मुख्यमन्त्रीको जम्वो टोलि ( के के छन कार्यक्रम)
Advertisement
तपाईको प्रतिक्रिया