बर्दिया। ५८ किलो लागूऔषध चरेससहित बद्रीया प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले जिल्लाको गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार रोडबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दाङ घोराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद रोक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।गुलरिया ८ मा पर्ने भन्सार रोडबाट चेकजाँचका क्रममा शंकास्पद देखिएका कारण उनीहरूले बोकेको झोला खानतलासी गरिएको थियो । खानतलासीका क्रममा उनीहरूबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए । प्रहरी गस्ती टोलीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य दुई जना भने भाग्न सफल भएका छन् ।
Advertisement