बुटवल । पाँच नम्बर प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले विप्लव समूहको गतिविधि निष्तेज पार्दै सुरक्षा अवस्था सदृढ तुल्याउने प्रतिवद्धता जनाएको छ । संघीय सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजना बुटवलमा १८ र १९ गते गरी दुई दिनसम्म आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीले विप्लव समूहको चुनौतीलाई डटेर सामना गर्ने रणनीति बनाएको हो ।
गोष्ठीमा विप्लव समूहको चुनौतीको डटेर सामना गर्ने र त्यस समूहका क्रियाकलाप निष्तेज पार्ने निर्णय गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पत्रकार सम्मेलनमा बताए । उनले अहिलेको सुरक्षा चुनौती नै विप्लव समूह भएको बताए ।गोष्ठीले विप्लव समूहको नेताहरु नियन्त्रणमा लिनु, द्वन्द्वकालका हतियारहरु नियन्त्रणमा लिनुलाई महत्वपूर्ण उपलब्धि मानेको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृहसचिव प्रेमकुमार राई, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी गोष्ठीले उपनिर्वाचनका लागि सुरक्षा रणनीतिसमेत तयार पारेको छ ।मन्त्री केसीले प्रदेश ५ मा ९ स्थानमा उपनिर्वाचनमा लागि सुरक्षाका चार घेरा बनाउने बताए । त्यसमा चारै सुरक्षा निकायको समन्वय रहने उनको भनाइ थियो । उनले संघीय सरकार र प्रदेश सरकारबीच सहयोग र सहकार्यको नीति अवलम्बन गरी अघि बढेर अपराध नियन्त्रण गर्ने बताए ।प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाको बारेमा संघीय सरकार र प्रदेश सरकारलाई नियमित रुपमा जानकारी गराई समन्वय गर्ने बताए ।
सुरक्षा रणनिती : विप्लव समूहका गतिविधि निष्तेज पार्ने
सुरक्षा रणनिती : विप्लव समूहका गतिविधि निष्तेज पार्ने
Advertisement
तपाईको प्रतिक्रिया