टेकबहादुर पुन,दाङ। बिप्लबका २१ जना नेता कार्यकर्ता प्रहरीको फन्दामा पर्नुमा पार्टीकै कार्यकर्ता प्रहरीको सुराकी बनेको रहस्य खुलेको छ । प्रहरीलाई सुचना दिएर २१ जना नेता कार्यकर्ता पक्राउ गराएको अारोपमा पार्टीले अाफ्नै कार्यकर्तालाई पक्राउ पनि गरिसकेको जानकारी दिएको छ । पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘गद्दारी’ गरेको पुष्टि भइसकेको एक केन्द्रीय नेताले सैँघाली खबरलाई जानकारी दिए । “उनीहरूलाई के-कस्तो कारबाही हुन्छ, पार्टीले तय गर्छ,’ उनले भने- बिश्वास गरियो तर अाफ्नैले गद्दार गरे ।उनका अनुसार दाङको राजपुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ता नै प्रहरी सँग मिलेका कारण नेताहरू पक्राउ परेको जनाए ।विप्लव समूहका ती नेताका अनुसार सेन्ट्रिमा खटिएका केही कार्यकर्ताले नै प्रहरीलाई नेताहरू सुतिरहेको ठाँउसम्म पुर्याउन सहयोग गरेका थिए ।‘नेताहरूको सुरक्षाका लागी करिब १ किलोमिटर टाढासम्म कार्यकर्ता खटिएका थिए,’ ती नेताले भने, ‘सबैभन्दा टाढाको सेन्ट्रीमा बसेको कार्यकर्ता नै प्रहरीको सुराकी परेछ, उसैले नेताहरू सम्म पुग्न अर्कै बाटो देखाइदियो।’विप्लवका कार्यकर्ता कसरी प्रहरीको सुराकी बन्न पुगे भन्ने प्रश्नमा उनले प्रहरीले सुरूदेखि नै घुसपेठ गरेको आशंका गरे ।प्रहरीको सुराकी गर्ने बिप्लबका कार्यकर्ता ठहरिएका ती ब्यक्ती सुरूमा बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सरसामान तथा लागुपदार्थ ओसारपसारको काम गर्थे अर्का नेताले बताए । ‘उनीहरू प्रहरीकै योजना अनुसार बिप्लब पार्टीमा घुसेको हाम्रो विश्लेषण छ,’ उनले भने । ती युवालाई पक्रिएर नेकपा विप्लवको सुराकी गर्ने शर्तमा प्रहरीले छाडेको उनले आशंका समेत गरे । ‘उनीहरू लामो समयदेखि हाम्रो सम्पर्कमा थिए । पार्टीले पनि स-सानो जिम्मेवारी दिँदै गयो । उनीहरूले पूरा गर्दै गए,’ उनले भने, ‘पार्टीका आन्तरिक बैठकमा पनि उनीहरूलाई आउजाउको समस्या थिएन ।’त्यसैले तीमध्य केही युवा असोज २९ गते राजपुरमा राप्ती ब्युरोको बैठक चलिरहँदा नेताहरूको सुरक्षामा खटिएको उनले बताए ।‘सेन्ट्री बसेकै युवाले प्रहरीलाई बैठक स्थल र त्यहाँ कमरेड वीरजंग समेत रहेको भन्ने सूचना दिएका थिए भन्ने अनुसन्धानले पुष्टि भइसकेको छ,’ ती नेताले भने ।प्रहरीले चन्द सुतेकै घरलाई लक्षित गरेर घेरा हालेपछि वरपरको घरमा सुतेका अन्य नेताहरू भाग्न सफल भएको उनले बताए । प्यूठान, रोल्पा, सल्यान र रूकुम जिल्लाका इञ्चार्ज र सेक्रेटरी भाग्न सफल भएको उनको दाबी छ ।ती चार युवाले आफूले सुराकी गरेको स्वीकार गरिसकेको पनि उनले बताए । यता दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले चार युवा विप्लव समूहको नियन्त्रणमा रहेकोबारे अाफुलाई जानकारी नआएको बताए ।‘घर परिवार र कतैबाट हालसम्म प्रहरीमा त्यस्तो कुनै जाहेरी परेको छैन । फोनमा समेत कसैले कुनै खालको सूचना दिएको छैन ।
त्यसैले यसमा कत्तिको सत्य छ भन्ने अन्यौलता छाएको छ एसपी भट्टराईले भने ।पार्टीको नियन्त्रणमा परेका भनिएका युवाका अविभावकले समेत उनीहरूबारे जानकारी पाएका छैनन् । भूमिगत रूपमै पार्टीमा काम गर्दै आएकाले ती युवा अहिले कहाँ छन् भन्नेबारे परिवार समेत अनबिज्ञ रहेको विप्लवका नेताहरु बताउँछन् ।राजापुर ४ मगराईना बाट असोज २९ गते राती विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना उच्च तहका नेता पक्राउ परेका थिए । जंगलबीचको मगराईना गाउँलाई जनयुद्ध कालमा पनि निकै सुरक्षितस्थलको रुपमा तत्कालीन माओवादीले प्रयोग गरेको थियो । त्यसै अनुरुप बिप्लब नेकपाले पनि सोही स्थान रोजेको हुनसक्ने अाँकलन गर्न सकिन्छ ।स्थानियका अनुसार जनयुद्धकालमा सरकारी सुरक्षाकर्मी यो ठाउँमा एकपटक पनि पुगेका थिएनन् । अहिले भने बिप्लब नेकपाको राप्ती ब्युरो बैठक नै कब्जा गरि प्रहरीले २१ जना नेता कार्यकर्तालाई पक्रन सफल भएको छ । प्रहरीले बैठकमा नेत्र बिक्रम चन्द बिप्लब नै अाउने सुचना पाएपनि उनलाई पक्राउ गर्न भने चुकेको छ ।
सेन्ट्री बसेका विप्लवका कार्यकर्ता नै प्रहरीका ‘सुराकी’
सेन्ट्री बसेका विप्लवका कार्यकर्ता नै प्रहरीका ‘सुराकी’

Advertisement
तपाईको प्रतिक्रिया