• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

सेन्ट्री बसेका विप्लवका कार्यकर्ता नै प्रहरीका ‘सुराकी’


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। बिप्लबका २१ जना नेता कार्यकर्ता प्रहरीको फन्दामा पर्नुमा पार्टीकै कार्यकर्ता प्रहरीको सुराकी बनेको रहस्य खुलेको छ । प्रहरीलाई सुचना दिएर २१ जना नेता कार्यकर्ता पक्राउ गराएको अारोपमा पार्टीले अाफ्नै कार्यकर्तालाई पक्राउ पनि गरिसकेको जानकारी दिएको छ । पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘गद्दारी’ गरेको पुष्टि भइसकेको एक केन्द्रीय नेताले सैँघाली खबरलाई जानकारी दिए । “उनीहरूलाई के-कस्तो कारबाही हुन्छ, पार्टीले तय गर्छ,’ उनले भने- बिश्वास गरियो तर अाफ्नैले गद्दार गरे ।उनका अनुसार दाङको राजपुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ता नै प्रहरी सँग मिलेका कारण नेताहरू पक्राउ परेको जनाए ।विप्लव समूहका ती नेताका अनुसार सेन्ट्रिमा खटिएका केही कार्यकर्ताले नै प्रहरीलाई नेताहरू सुतिरहेको ठाँउसम्म पुर्‍याउन सहयोग गरेका थिए ।‘नेताहरूको सुरक्षाका लागी करिब १ किलोमिटर टाढासम्म कार्यकर्ता खटिएका थिए,’ ती नेताले भने, ‘सबैभन्दा टाढाको सेन्ट्रीमा बसेको कार्यकर्ता नै प्रहरीको सुराकी परेछ, उसैले नेताहरू सम्म पुग्न अर्कै बाटो देखाइदियो।’विप्लवका कार्यकर्ता कसरी प्रहरीको सुराकी बन्न पुगे भन्ने प्रश्नमा उनले प्रहरीले सुरूदेखि नै घुसपेठ गरेको आशंका गरे ।प्रहरीको सुराकी गर्ने बिप्लबका कार्यकर्ता ठहरिएका ती ब्यक्ती सुरूमा बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सरसामान तथा लागुपदार्थ ओसारपसारको काम गर्थे अर्का नेताले बताए । ‘उनीहरू प्रहरीकै योजना अनुसार बिप्लब पार्टीमा घुसेको हाम्रो विश्लेषण छ,’ उनले भने । ती युवालाई पक्रिएर नेकपा विप्लवको सुराकी गर्ने शर्तमा प्रहरीले छाडेको उनले आशंका समेत गरे । ‘उनीहरू लामो समयदेखि हाम्रो सम्पर्कमा थिए । पार्टीले पनि स-सानो जिम्मेवारी दिँदै गयो । उनीहरूले पूरा गर्दै गए,’ उनले भने, ‘पार्टीका आन्तरिक बैठकमा पनि उनीहरूलाई आउजाउको समस्या थिएन ।’त्यसैले तीमध्य केही युवा असोज २९ गते राजपुरमा राप्ती ब्युरोको बैठक चलिरहँदा नेताहरूको सुरक्षामा खटिएको उनले बताए ।‘सेन्ट्री बसेकै युवाले प्रहरीलाई बैठक स्थल र त्यहाँ कमरेड वीरजंग समेत रहेको भन्ने सूचना दिएका थिए भन्ने अनुसन्धानले पुष्टि भइसकेको छ,’ ती नेताले भने ।प्रहरीले चन्द सुतेकै घरलाई लक्षित गरेर घेरा हालेपछि वरपरको घरमा सुतेका अन्य नेताहरू भाग्न सफल भएको उनले बताए । प्यूठान, रोल्पा, सल्यान र रूकुम जिल्लाका इञ्चार्ज र सेक्रेटरी भाग्न सफल भएको उनको दाबी छ ।ती चार युवाले आफूले सुराकी गरेको स्वीकार गरिसकेको पनि उनले बताए । यता दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले चार युवा विप्लव समूहको नियन्त्रणमा रहेकोबारे अाफुलाई जानकारी नआएको बताए ।‘घर परिवार र कतैबाट हालसम्म प्रहरीमा त्यस्तो कुनै जाहेरी परेको छैन । फोनमा समेत कसैले कुनै खालको सूचना दिएको छैन । त्यसैले यसमा कत्तिको सत्य छ भन्ने अन्यौलता छाएको छ एसपी भट्टराईले भने ।पार्टीको नियन्त्रणमा परेका भनिएका युवाका अविभावकले समेत उनीहरूबारे जानकारी पाएका छैनन् । भूमिगत रूपमै पार्टीमा काम गर्दै आएकाले ती युवा अहिले कहाँ छन् भन्नेबारे परिवार समेत अनबिज्ञ रहेको विप्लवका नेताहरु बताउँछन् ।राजापुर ४ मगराईना बाट असोज २९ गते राती  विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना उच्च तहका नेता पक्राउ परेका थिए । जंगलबीचको मगराईना गाउँलाई जनयुद्ध कालमा पनि निकै सुरक्षितस्थलको रुपमा तत्कालीन माओवादीले प्रयोग गरेको थियो । त्यसै अनुरुप बिप्लब नेकपाले पनि सोही स्थान रोजेको हुनसक्ने अाँकलन गर्न सकिन्छ ।स्थानियका अनुसार जनयुद्धकालमा सरकारी सुरक्षाकर्मी यो ठाउँमा एकपटक पनि पुगेका थिएनन् । अहिले भने बिप्लब नेकपाको राप्ती ब्युरो बैठक नै कब्जा गरि प्रहरीले २१ जना नेता कार्यकर्तालाई पक्रन सफल भएको छ । प्रहरीले बैठकमा नेत्र बिक्रम चन्द बिप्लब नै अाउने सुचना पाएपनि उनलाई पक्राउ गर्न भने  चुकेको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...