माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा।भारतको वालगृहवाट नेपालका विभिन्न ठाउका पाच जना वालवालिकाहरुलाई उद्धार गरिएको छ । कपिलवस्तुका ३ जना वालक र रुपन्देहीका २ जना वालिकालाई भारतको वालगृह वाट शान्ति पुनस्थापना गृह कपिलवस्तुले उद्धार गरेको हो ।
गत असोज २० गते सिमानाका वढनीमा ट्रेन हर्न भनि गएका दुई वालकहरु ट्रेन वाटै गोरखपुर पुगेका थिए । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बस्ने र शिवराज नगरपालिका बस्ने उक्त वालकहरु हरु ट्रेन वाट भारतीय प्रहरी उद्धार गरी वाल गृहमा राखेको थियो । महाराजगंज नगरपालिका एक वालकलाई पनि भारतको गोरखपुरमा फेला परेर वालगृहमा प्रहरीले वुझाएको प्रहरीलाई उद्धृत गर्दै शान्ति पुनः स्थापना गृह कपिलवस्तुका संयोजक भुमिराज भट्टराईले वताउनुभयो ।त्यस्तै रुपन्देहि सिदार्थनगर नगरपालिका कि १४ वर्षिय एक वालिका र वुटवल उपमहानगर पालिकाकी १५ वर्षिय वालिकालाई पनि उद्धार गरिएको छ । आमा सग वजार गर्न गएको बेला हराएपछी उनलाई वालगृहमा राखीएको थियो । पाच जना वालवालिकालाई भारतीय प्रहरीको सहयोगमा भारतको गोरखपुर राजकिय वालगृह वाट उद्धार गरिएको संयोजक भट्टराईले वताउनु भयो ।
भारतको वालगृहवाट नेपालका ५ वालवालिकाको उद्धार
भारतको वालगृहवाट नेपालका ५ वालवालिकाको उद्धार
Advertisement
तपाईको प्रतिक्रिया