राम बहादुर बिश्वकर्मा,प्युठान। ६४ औं नेपाल प्रहरी स्थापना दिवस प्युठानमा पनि मनाईएको छ। दिवसको अबसरमा गाँउ गाँउमा रहेका प्रहरी ईकाईलाई निशुल्क जग्गा दान दिने दाताहरुलाई प्रहरीले दिवस विशेष कार्यक्रम गरेर सम्मान समेत गरेको छ। कार्यक्रममा प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।जग्गादाताहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।अमर प्रहरीका परिवार तथा सन्ततीहरू र पुर्व प्रहरी कर्मचारीहरुसंग पुनर्मिलन कार्यक्रम गरिएको थियो ।प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थको प्रमुख आतिथ्यतामा संपन्न भएको उक्त कार्यक्रममा प्रहरी निरिक्षक लोकेन्द्र जि.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधीहरु, पूर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार तथा सन्ततीहरु, सञ्चारकर्मिहरु, नागरिक समाज बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
कस्ले कहाँ कति दिए प्रहरीलाई जग्गा?
१) शिव प्रसाद पौडेल (२० आना २ पैसा ३ दाम,प्रहरी चौकी देविस्थान)
२)रेवती प्रसाद शर्मा (२४ आना ३ पैसा ४ दाम,प्रहरी चौकी देविस्थान)
३) मोतीलाल पौडेल (११ आना ३ पैसा १ दाम,प्रहरी चौकी देविस्थान)
४) पदम प्रसाद पौडेल (७ आना ३ पैसा ४ दाम,प्रहरी चौकी देविस्थान)
५)नारायण प्रसाद श्रेष्ठ (६ आना ३ पैसा ३ दाम जग्गा, ईलाका प्रहरी कार्यालय ओखरकोट)