दशै बिदा सकियो,सरकारी कार्यालयहरु आजबाट खुल्दै

कामना डेली,प्युठान। दसैँका लागि बिदा भएका सरकारी कार्यालय बिहिबार देखि खुलेका छन् । पाँच दिने दशैँ बिदापछि बिहिबारबाट कार्यालय खुलेका हुन्।।यसैगरी दसैँ मनाउन घर गएका  फर्कन थालेका छन। जस्का कारण जिल्लाका बजारहरुमा पनि चहलपहल बढ्न थालेको छ ।  आज देखि सरकारी कार्यालय खुल्ने भएकाले सरदमुकाम सहितका प्युठान स्थित स्थानिय तहका केन्द्रहरुमा पनि चहलपहल बढ्न थालेको हो ।व्यापार, व्यवसायका लागि जिल्लाका विभिन्न बजारमा बस्दै आएका सर्वसाधारणहरु पनि दशैको टीका थापेर फर्कने क्रम बढ्दो छ । नवमी देखि जिल्लाका विभिन्न बजार सुनसान जस्तै भएपनि बुधबार देखि भने केहि चहलपहल देखिन थालेको हो ।जिल्लाका ग्रामीण क्षेत्रमा पनि सवारी साधनहरु गुड्न थालेका छन् । विशेष गरी बसाईसराई गरी तराई झरेकाहरु र अध्यन लगायत विभिन्न सिलसिलामा जिल्ला बाहिर रहेकाहरु दशैको लागि टीका थाप्न पुख्यौली घर जाने गर्छन् ।कोजाग्रत पूर्णीमा सम्म टीका लगाउने चलन भएको र पहाडी जिल्लामा सराए जात्रा लाग्ने भएको कारण पनि पूर्णीमा सम्म जिल्लाका पसलहरुमा त्यति चहलपहल भने देखिदैन ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...