कपिलवस्तुमा घुससहित दुई जना पक्राउ

माधव बेल्वासे,कपिलवस्तु। कपिलवस्तुमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन । जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरमा अवस्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ । विद्यालयमा विज्ञान शिक्षक भर्ना गराउने आवश्वासनमा घुस मागेपछी अख्तियारले उनिहरुलाई पक्राउ गरेको हो । चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट कार्यलय सहयोग लोनियले उक्त रकम वुझेको र प्रअ पनि सोहि ठाउमा रहेको वताइएको छ । उनिहरु मथि थप अनुसान्धन भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...