काठमाडौं। नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाले चितवनमा भएको झडपको बिरोध गरेका छन। आइतबार सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शेर्पाले बोल्नै दिनु हुन्न भन्ने प्रवृत्तिले लोकतान्त्रिक ब्यबस्थालाई खतरामा पार्ने बताएका छन। शेर्पाले हिजो राजतन्त्रको बिरोध गर्दा लाठी खाएको सम्झदै आज लोकतन्त्रको बिरोध गर्दा पनि हामिले लाठी हान्न थाल्यौ भने राजतन्त्र र लोकतन्त्रमा फरक नहुने जिकिर गरेका छन। शेर्पाले फरक मत राख्न पाइने ब्यबस्था लोकतान्त्रिक ब्यबस्थामा भएको भन्दै कसैले फरक मत राख्दा त्यसलाई भौतिक कार्वाहीमा उत्रिनु मुर्खता भएको पनि उल्लेख गरेका छन। सरकार चौतर्फी असफल भएपछि सरकारले बिरोधका स्वर सुन्न साथ आफ्ना कार्यकर्तालाई अरिंगाललाई जसरी प्रतिवाद गर्न निर्देशन दिनुले कानुनी राज्यको खिल्ली उडेको पनि शेर्पाले तर्क गरेका छन।
बोल्नै दिनु हुन्न भन्ने प्रवृत्तिले लोकतन्त्रलाई खतरामा पार्छ: शेर्पा
बोल्नै दिनु हुन्न भन्ने प्रवृत्तिले लोकतन्त्रलाई खतरामा पार्छ: शेर्पा

Advertisement
तपाईको प्रतिक्रिया