प्युठान। निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि २१ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद गौतमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै दर्ता भएका दल र चुनाव चिह्न सार्वजनिक गर्नुभएको हो ।दर्ता भएका दलमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल रहेका छन् ।यसैवीच मन्त्रिपरिषद्को गत असोज ७ गतेको निर्णयानुसार चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागि पनि मंसीर १४ गते नै उपनिर्वाचन हुने भएको छ ।उपनिर्वाचन प्रयोजनको लागि असोज ७ गतेसम्ममा नाम दर्ता भई सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा भाग लिन पाउने आयोगका उपसचिव एव् सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।
राजनीतिक दलको नाम र चुनाव चिन्ह
ग्रिन पार्टी नेपाल – त्रिशुल
नेपाल लोकतान्त्रिक पार्टी – दुईहात जोडेको नमस्कार
राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) – साँढे गोरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) – सूर्य
समाजवादी पार्टी – पाँच औला सहितको हत्केला
साझा पार्टी – तराजु
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) – हलो
मुस्कान सेना नेपाल – पुरुष
नेपाल परिवार दल – साँचो
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) – हसियाँ
हाम्रो पार्टी – धारा
मंगोल नेशनल अर्गनाइजेशन – कुखुराको भाले
नेपालवाद – तारापुञ्ज
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल – हवाइजहाज
नेपाली कांग्रेस (वीपी) – करुवा
इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल – ट्रयाक्टर
आमूल परिवर्तन मसिहा पार्टी, नेपाल – ह्रृदय
राष्ट्रिय नागरिक पार्टी – चंगा
जनमत पार्टी (जपा) – लाउड स्पिकर
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – हँसिया माथि धानको बाला खप्टिएको
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) – गोलाकार भित्रको हँसिया हथौडा