बुट्वल । दुई जनाको समुहमा आएका लुटेरा समुहले भैरहवा–लुम्बिनी सडकमा हेल्मेट प्रहार गरी ६ लाख लुटेका छन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताए अनुसार जिल्लाको लुम्बिनी रोड स्थीत रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा स्थीत कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाईकलमा जांदै गरेका त्रिपाठीलाई हेलमेटले टाउकोमा हानी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षिय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैया लुटिएको थियो ।
Advertisement