• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • १०. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

भुमिहिनहरुको प्रश्न: ‘हामीलाई लालपुर्जा खोइ’


  •   शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका करिब ४ हजार भूमिहिन घर परिवारलाई जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा सरकारले प्रदान गर्नु पर्ने जिल्ल भूमि अधिकार मंच कपिलवस्तु अध्यक्ष निरपत थारुले बताउनु भएको छ । संविधान समृद्धिका लागी भूमि अधिकार स्थानिय सरकार हाम्रो सरोकार भन्ने नारा सहित जिल्ला भूमि अधिकार मंच कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिकामा २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन ।त्यस्तै भुमिहीन नाजमा खातुनले हामीले लालपुर्जाको लागि पटक पटक माग गर्दा पनि सरकारले हामीलाई बहानमा फसाउदै गएको बताउनु भयो । नाजमाले बर्षौ देखि विना पुर्जाको जग्गामा जोतभोग गर्दै आएका सुकुम्बसीहरुलाई संविधान निर्माण भएको ४ बर्ष पुरा हुदाँ पनि भूमि हिनका समस्या जस्ता तस्तै रहेको बताउनु भयो ।भूमिहिनहरुले आफ्नो गाँस बास र कपासको लागी कहाँ को संग माग्ने, भूमि हिनका मुद्दालाई सरकारले कसरी सम्बोधन गरेको छ भन्ने विषयमा जानकारी दिनका लागी प्रशिक्षण कार्यक्रममा भुमीहिनले यस्तो बताएका हुन । सुरक्षित घरबास सबैलाई खेतियोग्य जमिन जोताहा किसानका लागी प्रशिक्षण कार्यक्रम सुरु भएको हो । शिवराज नगरपालिकाको सहयोगमा संचालित भूमिहिन किसानहरुको अधिकारका लागी संविधानमा भएका व्यवस्थाका बारेमा जानकारी सहितको प्रशिक्षण दिइने आयोजक भूमि अधिकार मंचले जनाएको छ ।बास्तविका सुकुम्बासीका समस्या अहिले देश कै टडकारो समस्याको रुपमा रहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । सुकुम्बासीलाई हकभोगको व्यवस्था गर्नका लागी भूमि व्यवस्था विधेयक पास भै सकेको र ऐन निति नियम निर्माणको काम भैरहेको उनले बताए । निति र नियम बनेपछि भूमिहिनले जग्गा पाउनेमा ढुक्क हुन समेत प्रमुख अधिकारीले सुकुम्बासीलाई आश्वास्त पारे । हक अधिकार माग गर्नु जायज भएको जनाउदै मेयर अधिकारीले सुकुम्बासीको नाममा हुकुमबासीले फाइदा लिने हुदाँ बास्तविक सुकुम्बासी सधै ओझेलमा पर्ने गरेको बताए ।
    नगरले गत आर्थिक बर्षमा सुकुम्बासी बस्तीमा पनि सडक , खानेपानी स्वास्थ्य,शिक्षा लगायतका भौतिक पूर्वाधारहरुको विकास गरको उल्लेख गर्दै नगरले सुकुम्बासीलाई प्राथमिकतामा राखेको जिकिर गरे । घरबास नभएकाहरुलाई नगरले केहि बर्ष अघि बन संग सहकार्य गरी आवासको व्यवस्था गरिदिएको बताउदै ,सुकुम्बासी भन्दै जग्गा घेरेर बेच्नेहरुबाट बास्तविक सुकुम्बासी सचेत हुनु उनले आग्रह गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले सुकुम्बासीलाई लाल पुर्जा दिने भन्दै बेलाबखतमा रकम असुल्ने काम भएकोले कोहि कसैलाई रकम नदिन र कसैको लहलहै नलाग्न आग्रह गरे । स्थानिय तहले लाल पुर्जा वितरण गर्ने अधिकार नभएकोले चुनावी भाषणमा गरिएको प्रतिवद्धता पुरा गर्न नसकेको स्वीकार गरे । अहिलेको सरकार बहुमतको सरकार भएकाले भूमि व्यवस्था विधेयक पास भइसकेको भएर अब ढिलो चाडो लाल पुर्जा वितरण हुने सापकोटाले बताए ।भूमि अधिकार मंच कपिलवस्तुका अध्यक्ष नृपथ थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, वडा नं. ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, मालपोत कार्यालय चन्द्रौटाका नायब सुब्बा लोक बहादुर खत्री, मंचका पूर्व केन्द्रिय अध्यक्ष सोम प्रसाद भण्डारी, नेपाली काँग्रेस शिवराज नगर सभापति मधु पोखरेल लगायतको सहभागिता रहेको कार्यक्रमको स्वागत मंचका सल्लाहकार लालु खनाल र संचालन मन्जु चौधरीले गरेकी थिइन ।

    Advertisement

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...