सरोज न्यौपाने,प्युठान। अखिल(छैठौं) जिल्ला समिति प्युठानको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले आगामी असोज २४,२५ र २६ गते जिल्लास्तरीय प्रशिक्षणात्मक भेला गर्ने, अखिल (छैठौं) प्युठानको मुखपत्र लाल-किरण प्रकाशन गर्ने, संगठन सुदृढीकरण एवं विद्यार्थी जागरण अभियानलाई तिब्रताका साथ संचालन गर्ने लगायतका प्रस्तावहरुमाथी छलफल एवं निर्णय भएको छ । विस्तारित बैठकमा अतिथि युनियनका केन्द्रीय सचिव एवं पुर्व जिल्ला सचिव सुवास जिसि रहनुभएको थियो ।
Advertisement