नवलपरासी। अरुण खोलाको पुलबाटै गाडी गुड्न थालेका छन् ।ट्रक ठोक्किँदा भाँचिएको पुल मर्मतपछि पुलबाटै यातायातका साधन सुचारु हुन थालेका हुन।साउन २९ गते ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा करीब डेढ मिटर लच्किएको थियो । पुल मर्मत सम्पन्न भएपछि पूर्ण रुपमा यातायात पुलबाट नै संचालन गरिएको हो ।गएको शनिबार डाइभर्सनमा क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । त्यसयता डाइभर्सनबाटै यातायात संचालन हुदै आएका थिए ।पुल मर्मतको काम पूर्ण रुपमा सम्पन्न भएसँगै सोमबार रातिबाट दुईतर्फी रुपमा नै पुल सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढाले बताएका छन् ।
Advertisement