काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या पकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरूले प्रदर्शन गर्दै अाएका छन् । प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना भन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।लामिछानेसहित पक्राउ परेका तीन जना विरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ। भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ । त्यसै गरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ।त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो। तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।गत साउन २० गते नारायणगढको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले घटनास्थलबाट बरामद गरेको पुडासैनीको मोबाइल फोनमा एउटा भिडियो फेला पारेको थियो थियो। उक्त भिडियोमा पुडासैनीले लामिछाने सहित ३ जनाले अाफूलाइ आत्महत्या गर्न बाध्य पारेको बताएका थिए। त्यहि अाधारमा उनिहरूलाइ प्रहरीले पक्राउ गरेको हो ।
चितवनमा ५ जना बढी भेला हुन नपाउने प्रशासनको आदेश
चितवनमा ५ जना बढी भेला हुन नपाउने प्रशासनको आदेश

Advertisement
तपाईको प्रतिक्रिया