नवलपरासी । समयमा भुक्तानी नपाएको भन्दै नवलपरासीको सुनवल नगरपालिका वडा नं १ स्थित सुनवल चिनीमिलमा स्थानियले अनिश्चितकालिन ताला बन्दी गरेका छन।उखु क्रसिङ्गको सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १२ करोड बाकी रहेको बिरोधमा ताला बन्दी गरिएको सदस्य उखु कृषक समिती नवलपरासीका प्रवक्ता धिरज त्रिपाठीले बताए । मिलले साउन मसान्त भित्र सम्पुर्ण भुक्तानी गर्न भनेपनि अहिले सम्म उक्त रकम भुक्तानी गर्न सकेको छैन । मिल संचालकलाई पटक-पटक आग्रह गरिएतापनि मिलले बाकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि आक्रोशित किसानहरुले मिलको लेखाशाखा र ३ वटा गोदाममा ताला बन्दी गरिएको त्रिपाठीले बताए ।त्यस्तै प्रतापपुर गाऊपालिका स्थित ईन्दिरा सुगर मिल गंगापुरले किसानहरुको १८ करोड भुक्तानी नगरेको बिरोधमा मंगलवार स्थानियद्वारा ताला बन्दी गरिएको छ ।
Advertisement