कपिलबस्तु । महाराजगंज नगरपालिकालाई एक समारोह विच खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका ७ हजार ९ सय ३९ घरधुरी अन्र्तगत नगरपालिका भित्र शतप्रतिशत शौचालय निर्माण भई नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो । नगरपालिका भित्रको वडा नम्बर ९ शिसवालाई २०६९ सालमा खुल्ला दिसामुक्त गाबिस घोषणा पश्चात ७ बर्ष पछि समग्र नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको उहाले बताउनुभयो । उहाले विकासको पहिलो खुडकिलो स्वच्छता अभियान रहेकोले स्वच्छता अभियानले समाजलाई परिवर्तन गर्ने र यो अभियान तिनै तहको सहकार्यमा भएपछि देशलाई नै विकसित गर्न सकिने बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले खुला दिसा अभियानसँगै पानीमा पहुँच अभियान, सार्वजनिक स्थल वा शौचालय बाहिर दिसा गर्ने जो कोहीलाई पनि कारबाही गरी दण्डित गर्ने र सूचना दिनेलाई पुरस्कृत गर्ने नीतिलाई कार्यान्वनमा ल्याई स्थानीयतहले सञ्चालनको सुरुवात गर्नुपर्ने धारणा राख्नुभयो । राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक स्तरले मानिसमा परिवर्तन ल्याउने हुंदा यी सबै बाटाहरु बन्द गरिदिएर शौचालयका लागि मात्र परिवर्तन खोजेर नहुनेमा उहाले जोड दिनुभयो ।कार्यक्रममा आगामी निती तथा कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । अनिवार्य रुपमा शौचालयको प्रयोग गराउनको लागी वडा एवं नगरपालिकाबाट निरन्तर अनुगमनको ब्यबस्था मिलाउने साथै वडालाई पुर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने निती तय गरिएको सामाजिक बिकास अधिकृत निरन्जन पौडेलले बताउनुभएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पहल गर्ने, पुर्ण साक्षर नगरपालिका घोषणा गर्न पहल गर्ने, सम्पुर्ण गाउ टोलमा शुद्ध खानेपानीको ब्यबस्था गर्ने र बालबिबाह मुक्त नगरपालिका घोषणा गर्न पहल गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।
महाराजगंज खुल्ला दिसामुक्त क्षेत्र घोषणा
महाराजगंज खुल्ला दिसामुक्त क्षेत्र घोषणा

Advertisement
तपाईको प्रतिक्रिया