कामना डेली, नवलपरासी। जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–पश्चिम) ले विभिन्न सेवा विस्तार गरेको छ । सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त पार्न प्रशासनले कार्यालय भित्रै महिला सेवाग्राहीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष, डिजिटल नागरिक वडा पत्र, प्राथमिकताका आधारमा सेवा प्रवाह लगायतका सेवा कार्यालयले विस्तार गरेको हो । समयसापेक्ष सेवाग्राहीको सेवालाई थप प्रभावकारी गराउन कार्यालयले विभिन्न काम गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । कार्यालयले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप सेवा विस्तार गरेको बताइएको छ । क्रमश अन्य सेवा विस्तार गरिने र आवश्यकताअनुसार कर्मचारीसँग कार्य सम्पादन सम्झौता समेत आफूले गरेको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताउनुभयो ।
Advertisement