काठमाडाैँ । पूर्वयुवराज पारस शाहले विमानस्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि आफूबाट भएको दुर्व्यवहारप्रति माफी मागेका छन् ।पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका ईश्वर खत्रीलाई आइतबार दुर्व्यवहार गरेका थिए । खत्री अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) हुन् ।पारसले छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी तेर्स्याएको देखेपछि आफ्नो मुड खराब भएको र आवेशमा आएर सो घटना हुन पुगेको फेसबुक स्टाटसमार्फत जनाएका छन् । उक्त स्टाटसमा पूर्वयुवराज शाहले आफ्नो मुड ठीक नरहेको र आफ्नो छोरामाथि प्रहरीले गरेको दुर्व्यवहार सहन नसकेको बताएका छन् । उनले सम्बन्धित पक्षसँग माफी माग्दै बाँकी निर्णय गर्ने जिम्मा जनतालाई नै दिन चाहेको बताएका छन् ।आमा कोमल शाहलाई बैंककका लागि विदाइ गर्न पूर्वयुवराज पारस आइतबार स–परिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीसँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थलमा पुगेका थिए ।
पारस शाहले भने, ‘छोरामाथिको दुर्व्यवहार सहन सकिन’
पारस शाहले भने, ‘छोरामाथिको दुर्व्यवहार सहन सकिन’
Advertisement
तपाईको प्रतिक्रिया