काठमाडौं।नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका तीन जनालाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।बिहीबार काठमाडौंबाट समातिएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई चितवन लगिएको थियो।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ । उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो । समर्थकहरुले रबि कस्को जनताको,रबि लामिछाने निर्दोश छ लगायतको नारा लगाउदै निसर्त रिहाईको माग गरेका छन।लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् ।
समर्थकद्धारा नाराबाजी,रबि सहित ३ जनालाई अदालत लगियो
समर्थकद्धारा नाराबाजी,रबि सहित ३ जनालाई अदालत लगियो

Advertisement
तपाईको प्रतिक्रिया