बुटवल । रुपन्देहीमा प्रदेश ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहीबार राति अज्ञात समूहले बम प्रहार गरेको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । ढकाल सुत्ने कोठा, बुवाआमा सुत्ने कोठा र उहाँले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । घरमा पत्नी, आमा, बुवा रहेको बेला बम प्रहार भएको हो । प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाण्डौको मेडिसिटी अस्पतालमा गएको चार दिनदेखि उपचाररत छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ ।
Advertisement