सागर थापा/महेन्द्र सिंह,बाँके। जिल्लाको नेपालगन्ज कोहलपुर सडकखण्डमा बिहिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ । सडक खण्डको पिपिरी चोकमा ओभरटेक गर्ने क्रममा दुई बस एक आपसमा ठोकिँदा १८ जना घाईते भएका छन । कोहलपुरबाट नेपालगन्जतर्फ गईरहेको भे १ ख १६१७ नम्बरको नागरिक यातायात प्रा.लि. को नगर बसलाई नगरबसलाई ओभरटेक गर्ने क्रममा नमस्ते नेपाल यातायात प्रा.लि. को ना ६ ख ५३०७ नम्वरको बसले पछाडीबाट ठक्कर दिएको प्रत्यक्षदशीले उत्तम भुसालले बताएका छन ।दुर्घटनामा घाईते १८ जना यात्रु मध्ये १ जना बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।केही घाईतेहरुको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र अन्य उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।कोहलपुर नेपालगन्ज सडकखण्डमा चल्ने नगरबस बिचको अस्वस्थ प्रतिस्प्रर्धाले बेलाबखत यस्ता दुर्घटना हुँदै आएको प्रबक्ता डिएसपी सापकोटाले बताए ।
बाँकेमा बस ठोकिँदा १८ जना घाईते
बाँकेमा बस ठोकिँदा १८ जना घाईते
Advertisement
तपाईको प्रतिक्रिया