सुरज भट्टराई ,देवदह ।। युवा दिवसको अवसर पारेर बढ्दो ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले रुपन्देहीको देवदहमा सडक दुर्घटना न्युनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । लियो कल्ब अफ लर्ड बुद्धको आयोजना तथा देवदह प्रहरी चौकीको समन्वयमा खैरेनी चोकमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा राजमार्गमा गुडिरहेका सवारी साधनमा ट्राफिक नियमको पालना गरौ भन्दै ” म हुँ, जिम्मेवार चालक” लेखिएको करिब २०० स्टीकर टाँस्नुका साथै ट्राफिक प्रहरीहरुले सवारी चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराएको संस्थाको सदस्य बिवेक कार्किले जानकारी दिनुभयो । साथै खैरेनीचोकमा जेब्रा क्रसमा रङ रोवन पनि गरेका थिए ।
सो अवसरमा बोल्दै क्लबका अध्यक्ष कमल ज्ञवालीले आफ्नो सवारी साधन चलाउदा ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने र आफ्नो र अरुको सुरक्षा प्रती सजग हुनुपर्ने बताएका थिय ।
कार्यक्रम लियो क्लव अफ लर्ड बुद्धको अध्यक्ष कमल ज्ञवालीको अध्यक्षता, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं , देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, देवदह नगरपालिका बोर्ड सदस्य बन्दु कुमाल, देवदह प्रहरी चौकीका भरत थापा, ट्राफिक प्रहरी छबिलाला पोख्रेलको आतिथ्यता र देवदह नगरपालिकाको उप-प्रमुख बिद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सचेतना कार्यक्रम क्लवका सचिव प्रदिप पाण्डेको संचालनमा सम्पन्न भएको हो ।