• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

लोकप्रिय समाचार

  • १. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • २. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ३. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ४. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ५. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • ६. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ७. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

  • ८. बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

  • ९. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • १०. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

बिद्यालयको हिसाब मिलानमै राजनिति


  •   सोमबार, साउन २७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । छोराछोरी जब जन्मिन्छन् तब उनिहरु बिद्यालय पस्छन् । बोल्न सक्ने भएपछि छोराछोरीको भबिष्यको चिन्ता सँगै अभिभाबकले बिद्यालय भर्ना गरिदिन्छन् । सफल जिवनको मार्गदर्शक नै बिद्यालय हो ।तर, बिद्यालय पबित्र मन्दिर भनिएपनि पछिल्लो समय त्यही बिद्यालय राजनिति गर्ने थलोको रुपमा बिकाश हुँदैछ । बिद्यार्थीको भबिष्य सँग जोडिएको बिद्यालय नै राजनितिको सिकार हुन थालेपछि बिद्यार्थीको अबस्था के होला ? चिन्ताको बिषय बनेको छ ।देशैभरीका सामुदायिक बिद्यालय हरुमा पछिल्लो समय राजनितिले स्थान पाएको छ । शिक्षक सरुवा, बढुवामा राजनिति त छँदैछ तर बिद्यालय प्रशासनको सँरचना, सामाग्री खरिद लगायतका सानोतिनो हिसाब मिलानमा पनि राजनिति मौलाएपछि बिद्यालय र बिद्यार्थीको भबिष्यले कस्तो मोड लेला? सबैको चिन्ताको बिषय बनेको छ ।बाँकेको राप्ती सोनारी गाउँपालिका १ लौकीमा अबस्थित सिद्धेश्वर महादेब माध्यमिक बिद्यालयको हिसाब मिलानमा बिबाद अाएपछि बिद्यालय ब्यबस्थापन समितिले सार्बजनिक सुनुवाई कार्यक्रम नै बहिष्कार गरेको छ । बिद्यालयको शैक्षिक सुधार र भौतिक निर्माणमा सहयोग जुट्ने अाशले सबैको सहमतिमा बिद्यालयले श्रिमत भागबत महायज्ञ पुराणको अायोजना गय्रो ।गत जेठ ७ गतेदेखि १६ गतेसम्म सँचालन भएको महायज्ञ बाट ३० लाख, ६२ हजार, ७ सय, ८८ रुपैया ८० पैसा संकलन भएको थियो । यिनै उठेका रकम बाट बिद्यालय भवन मर्मत सँगै अति अाबश्यक सामाग्री हरु खरिद गर्दा २३ लाख, ४७ हजार, २ सय ९१ रुपैया खर्च गरियो । खरिद गर्ने क्रममा कतिका बिल भरपाई अाए त कतिका अाएनन् । अहिले बिद्यालयको खातामा महायज्ञबाट उठेको रकमको जम्मा ७ लाख, १५ हजार, ४ सय ९७ रुपैया मात्र बाँकि छ । यिनै अाम्दानी र खर्चको जानकारीका लागि अायोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रमलाई बिद्यालय ब्यबस्थापन समितिले बहिष्कार गरेको हो ।प्रधानाध्यापक को एकल निर्णयले अायोजना गरिएको सार्बजनिक सुनुवाई अाफुलाई मान्य नहुने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष घनश्याम बस्नेत राजुले भने । “सार्बजनिक सुनुवाईको लागि कुनै छलफल भएन, प्रअले एक्लै निर्णय गरेर कार्यक्रमको अायोजना गर्नुभयो अध्यक्ष बस्नेतले भने-यो कार्यक्रम हामिलाई मान्य छैन ।”१ जना बिब्यस सदश्य बाहेक अध्यक्ष र अन्य सबै सदश्यहरुले कार्यक्रमलाई बहिष्कार गरेका हुन् । उता बिद्यालयका प्रधानाध्यापक रुद्र बहादुर वलिले सार्बजनिक सुनुवाईका लागि अध्यक्षलाई बारम्बार जानकारी गराएपनि ब्यवास्ता गरेको अारोप लगाए । सार्बजनिक सुनुवाई कार्यक्रमका लागि बिद्यालय ब्यबस्थापन समिति बेखबर भएका कारण अाफ्नै निर्णयमा कार्यक्रमको अायोजना गरिएको प्रधानाध्यापक वलिको भनाई छ । “महायज्ञ सकिएको २ महिना बित्दा समेत बिब्यस कै कारण सार्बजनिक गर्न सकिएन, यसको अाम्दानी र खर्चको जानकारी लिने सबैलाई अधिकार छ प्रधानाध्यापक वलिले भने-छिट्टै सबैले जानकारी पाउनुहोला भनेर नै कार्यक्रमको अायोजना गरिएको हो ।”प्रधानाध्यापक वलि र बिब्यस अध्यक्ष बस्नेत बिच अापसी कुरा नमिल्दा अहिले बिद्यालयमा खैलाबैला मच्चिएको छ । त्यहाँ अध्यनरत बालबालिका सँगै अभिभाबक र शिक्षक हरुपनि चिन्तित छन् । बिब्यस अध्यक्ष र प्रधानाध्यापक पक्ष तथा बिपक्ष पार्टी भएकै कारण बिबाद चर्किएको स्थानियले बताए । पहिले सम्बन्ध सुमधुर भएपनि महायज्ञको अायोजना गरेदेखी उनिहरु बिचको सम्बन्धमा तिक्तता अाएको जानकार हरु बताउछन् ।राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने अध्यक्ष र प्रधानाध्यापक बिच चर्किएको बिबादलाई सहमती बाट टुँगो लगाउने बताएका छन् । प्रमुख अतिथि भएर अाएका गाउँपालिका अध्यक्ष थारुले बिद्यालय प्रबेश गर्ने बित्तिकै बिबादको कुरा सुनेपछि चिन्तित बने । उनले कार्यक्रम बहिष्कार बिद्यालय ब्यबस्थापन समितीको दायित्व नभएको जिकिर गरे । “बिद्यालयलाई अगाडि बढाउनु हामी सबैको जिम्वेवारी हो, बिद्यार्थीको भबिष्य प्रति हामी सबैको दायित्व हुन्छ अध्यक्ष थारुले भने-बिब्यसको यो निर्णय ठिक भएन ।”

    Advertisement

    सोमबार, साउन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान
    थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए
    थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
    दाङमा पेस्तोलसहित एक युवक पक्राउ
    गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    लोकप्रिय

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • २.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ३.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार

    • ४.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ५.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल

    • ६.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    • २.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • ३.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ४.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ५.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ६.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ७.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ८.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...