नेपालगन्ज । शक्रबार साँझ ट्यांकरले ठक्कर दिँदा बाँके जिल्लाकाे सीमावर्ती रुपैडिया बजारमा दुई नेपाली महिलाको ज्यान गएको छ । बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको हो । दुर्घटनामा भट्टराईको घटनास्थलमै ज्यान गएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेकाे भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको हो ।
Advertisement