धादिङ । धादिङ स्थित त्रीशुली नदिमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जना यात्रुको मृत्यु भएको छ ।बस त्रिशूली नदीमा खसेको छ । सर्लाहीबाट काठमाडौं जाँदै गरेको बा ६ ख ७४६९ नम्बरको बस बेनीघाटको रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटमा बस दुर्घटना भएको हो । दुर्घटनामा ११ जना यात्रुको सकुशल उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाडौंको लागि छुटेको शुक्रबार बिहान त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।बसमा ४० जनाभन्दा धेरै रहेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा परेकाहरूको प्रहरीले उद्धार गरिरहेको छ ।त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । नेपाली सेना र प्रहरीको टोलीले उद्धारको काम गरिरहेका छन् ।
Advertisement