माधव खनाल,अर्घाखाँची । प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको आज सन्धिखर्कमा सम्पन्न दोस्रो जिल्ला भेलाले अध्यक्ष खत्रीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समितिको सर्वसहमतीले चयन गरेको हो । नव निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा गोपाल प्रसाद भट्टराई,सचीव भगवता पाण्डे,सह-सचीव विष्णु गैरे र कोषाध्यक्षमा बसन्त खड्का चयन हुनुभएको छ ।प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका प्रतिनिधि,पर्यवेक्षक र शुभचिन्तकहरुको उल्लेख्य सहभागीतामा सम्पन्न ऐतिहासिक दोस्रो जिल्ला भेलाबाट निर्वाचित जिल्ला कार्य समितिको सदस्यमा श्याम प्रसाद घिमिरे,देवेन्द्र कुवर,दामोदर के.सी. र माधव खनाल रहनुभएको छ ।यस्तै भेलाले टेक बहादुर थापा,इन्द्रमणी भुसाल र विनोद गैरेलाई सल्लाहकार सदस्यमा छनोट गरेको छ ।
यस अघि भेलाको उदघाटन गर्दै संघका केन्द्रिय अध्यक्ष नारायण शर्माले मिडिया काउन्सिल विद्ययक प्रेस स्वतन्त्रताको विरुद्धमा भएकोले खारेजीको विकल्प नभएको जिकिर गर्नुभएको छ । राष्ट्रियता,जनजिविकाको पक्ष र राष्ट्रिय हित बिपरितका सबैखाले गतिविधिको विपक्षमा निष्पक्ष कलम चलाउन पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभएको छ । आफुहरु सधै श्रमजीवी पत्रकारहरुको पक्षमा रहने भन्दै अध्यक्ष नारायण शर्माले तोकिएको न्युनतम पारिश्रमिक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरू शेर बहादुर वि.सी.,झविलाल थापा,थम्मन के.सी.,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली,प्रदेश सदस्य प्रेम आचार्य,प्रेस सेन्टरका गणेश खनाल,प्रेस चौतारीका नवीन के.सी.,प्रेस युनियनका रुद्रमणी भुसाल,स्वतन्त्र पत्रकार संघका शिव वेल्वासे,अखिल नेपाल जनजाति सम्मेलनकि नेत्री उषा पुन र ट्रेड युनियनका खिम प्रसाद खनालले शुभकामना मन्तव्य दिनुभएको बताइएको पत्रकार गोपालप्रसाद भट्टराईले बताउनु भयो ।
प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा खत्री निर्वाचित
प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा खत्री निर्वाचित

Advertisement
तपाईको प्रतिक्रिया