काठमाडाैँ । अविरल वर्षाका कारण बागलुङको तमानखोला गाउँपालिका ४ लाममेला शिवपुरीमा आइतबार राती आएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बागलुङ तमानखोला गाउँपालिका ४ लाममेला शिवपुरी बस्नेहरु ४५ वर्षीय पन्च कुमारी श्रीपाली, ७० वर्षीया असरी श्रिपाली र १२ वर्षीय प्रविण श्रीपाली रहेका छन् ।
पहिरोमा परी घाइते भएका अन्य ७ जनालाई प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि सामुदायिक स्वास्थ्य केन्द्र लाममेला बाग्लुङमा पठाएको छ । उक्त पहिरोबाट ७ वटा घरमा क्षति पुगेको छ ।
Advertisement