काठमाडौँ । काठमाडौँको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा शुक्रबार बिहान दुई मजदुरकाे मृत्यु भएको छ।काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका सहोदर भाइ २० वर्षीय शिककान्त साहको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो। राणाका अनुसार अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलाई तत्काल शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पतालले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Advertisement