अनिल खत्री , गुल्मी । गुल्मीमा गएराती खेतमा पानी लगाउने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माुसिकोट नगरपालिका वडा नम्बर ३ नौघाटे खेतमा पानी लगाउने क्रममा ४५ वर्षिय लक्ष्मण कुमालले धारिलो हतियारले हानेर ५० वर्षिय मोतिलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।बुधवार राती खेतमा पानी लगाउने क्रममा दुइजना बिच बिवाद हुँदा धारिलो हतियारले हानेर मोतलिालको खेतमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नयव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।वामी प्रहरीले नियन्त्रमा लिएर बयान लिने क्रमममा हसियाले हानेर मारेको स्वीकार गरेको घलेले बताए । प्रहरीको नियन्त्रणमा रहेका लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइदैँ छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा खेतमा पानी लगाउने बिवाद हुँदा एक जनाको मृत्यु
गुल्मीमा खेतमा पानी लगाउने बिवाद हुँदा एक जनाको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया