धनगढी। कैलालीको आइतबार राति करिब सवा नौ बजेको समयमा छोरोले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिका वडा नं ५ र्बबाटामा ३० वर्षका छोरा राम सिं कुमालले चिर्पट प्रहार गर्दा ६० वर्षीय बुवा अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । रातिको समयमा घरायसी विवाद भएपछि छोराले बुवामाथि चिर्पट प्रहार गरेका थिए । गम्भीर घाइते अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।घटना पछि छोरा राम सिं कुमाललाई प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिए ।हत्या गरी फरार रहेका कुमाललाई गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बतए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गोदावरीमा चिर्पटले हानेर बुवाको हत्या
गोदावरीमा चिर्पटले हानेर बुवाको हत्या

Advertisement
तपाईको प्रतिक्रिया