• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

पहिरो अप्डेट: मृतकको संख्या १२ पुग्यो, घाइतेहरुलाई काठमाडौं लगियो


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अझै एक जना बेपत्ता छन् । सत्यवति गाउँपालिका ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया र बवि विकको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलले बताए ।
    लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको शसस्त्र प्रहरी प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । लिम्घामा अझै सात बर्षीय तारा विक बेपत्ता छन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सडकको कुनै बिकल्प नभएपछि हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताए ।उनले मन्त्रीहरुसंग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताए । मंगलबार पनि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै लिम्घामा केहि राहत र व्यावस्थापनका सामग्री हेलिकप्टर मार्फत छाडेर गएका थिए । पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा राहत वितरणमा समस्या देखिएको छ । मौसमका कारण सडक अवरुद्ध हुँदा स्थल मार्गबाट राहत वितरणमा समस्या थपिदै गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पहिरोले सवैभन्दा वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिडेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै दुई दिनदेखि रोकिएका छन् । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावी र धर्मपुर प्राविमा व्यावस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् । प्रभावित क्षेत्रमा थप उपचारमा खटिएकी डक्टर शिला ढकालले घाइतेहरुलाई थप उपचारमा काठमाडैं पठाइएपछि अरु थप समस्या तत्काल नरहेको बताइन् । प्रभावित क्षेत्रमा ३ सय बढी पशु चौपायाहरु मरेको अनुमान छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

    Advertisement

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...