लमजुङ। अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावर बगाएको छ।
हाइड्रो पावरमा कार्यरत २ जनाको बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङले बताए ।उनीहरुको पहिचान हुन सकेको छैन । प्रहरीको टोली घट्नास्थल जाँदैछ । घटनास्थल पुग्न नै समस्या भइरहेको छ ।’ कच्ची बाटो भएकाले घटनास्थलमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।
Advertisement