माधव खनाल,अर्घाखाँची। राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान अर्घाखाँचीकाे अध्यक्षमा सर्वसम्मत निर्वाचित अध्यक्ष राजेन्द्र जिसी चयन भएमा छन् । जसकाे उपाध्यक्षमा राधा अाचार्य, मदन नेपाली, चन्द्रा गैरे सचिवमा सागर परियार लगायत सर्वसम्मत चयन भएका छन् ।राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल अर्घाखाँचीकाे छैठौं जिल्ला अधिवेशन तथा अग्रज स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।अधिवेशनकाे उद्वघाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले संस्कृतिकाे संरक्षण गर्न सबै लाग्नुपर्ने बताए ।कार्यक्रममा लाेक दाेहाेरि प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसि सितगंगा नगरप्रमुख सुर्य अधिकारी, नेकपाका छमकुमारी खनाल, काँग्रेसका सभापति विष्णु मुस्कान, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, कलाकार दिपक गराैजा मगर, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगाएतले विकृतिकाे अन्त्य हुनुपर्ने भन्दै शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम राष्ट्रिय लाेक तथा दाेहाेरी प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयाेगि विसिकाे अध्यक्षता, उपाध्यक्ष राधा अाचार्यकाे स्वागत र सहसचिव सागर परियारकाे सञ्चालनमा उद्वघाटन सत्र सम्पन्न भएकाे हाे ।
लाेक दाेहाेरी प्रतिष्ठान अर्घाखाँचीकाेे अध्यक्षमा जिसि निर्वाचित
लाेक दाेहाेरी प्रतिष्ठान अर्घाखाँचीकाेे अध्यक्षमा जिसि निर्वाचित

Advertisement
तपाईको प्रतिक्रिया