सागर थापा/महेन्द्र सिंह,बाँके। भारतबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल तर्फ ल्याउँदै गरिएको प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउँदै गरेको लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी इनरुवा–७ घर भई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुर रहेको प्रहरीले बताएको हो। उनिहरुको साथबाट प्याकिङ्ग गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक बिरबहादुर थापाले जानकारी दिनुभयो । ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो। उनिहरु माथी थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ।
जमुनाह नाकाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ
जमुनाह नाकाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया