काठमाडौं। कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको मृत्यु भएको छ । शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले बताएको छ। दूतावासका अनुसार, आगलागीमा परेर केही घाइते भएका छन् । तर उनीहरु नेपाली हुन् होइनन् थाहा हुन सकेको छैन ।मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ।मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।
Advertisement