कपिलवस्तु। भारतको गोरखपुरमा कार्यालय रहेको एक कम्पनीले प्रतिव्याक्ती ८ हजार भारुमा एक साता तालिम दिई सहभागीबाट औषधि खरिद गर्न लगाएर गाउँगाउँमा सदस्य बनाउन परिचालन गर्दै खुलियाम नेटवर्किङ ब्यवसाय गरेको पाईएको छ।यसवाट नेपालबाट करोडौं रकम बाहिरिएको अनुमान गरिएको छ । पछिल्लो समय थोरै समयमा धेरै पैसा कमाउने लोभमा कैयौ युवा युवती नेट्रोकिङ विजनेस भेष्टिज,ओरियन्स,डिएक्सन लगाएका कम्पनीको मार्केटिङ गर्दै विभिन्न प्रकारका महंगा सामागी्र र औषधी बेचविखन गर्दै आइरहका छन् । करिब २ महिना अघि कपिवस्तुका २ युवा समेत ओरियन्स कम्पनीको तालिम लिन भन्दै भारतको काकडभित्ता पुगेका थिए । यो व्यावसाय गर्दा फसिने थाहा हुदैं पनि ति युवाहरु ओरियन्समा लाग्दा लाखौ रकम डुबाई समस्यामा परेका छ। नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ । तर कारोबारीले भारतको गोरखपुर, बनारस र कुशिनगरलगायतमा विभिन्न नामका कम्पनी खडा गरेर नेपालीलाई नै नेटवर्किङ व्यवसायको जालोमा पारिरहेका छन् । यस्ता कम्पनीले नेपालमा घर नै भाडा लिएर सेल्टरका रूपमा प्रयोग गर्ने गरेका छन् ।यस्ता सेल्टर कहाँ कति छन्, खुलिसकेको छैन । उनीहरूले औषधि र कपडा व्यवसाय देखाउँछन् । कम्पनी भारतमा रहे पनि त्यहाँका नागरिक सदस्य बनेको पाइँदैन । ‘नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित देखिन्छन्,’ एसपी थापाले भने, ‘उनीहरूले गाउँका सोझासाझा युवायुवतीलाई धेरै कमाइ हुने लोभ देखाएर फसाइरहेका छन् ।’यसअघि पनि धेरै भारतीय कम्पनीबाट नेपाली ठगिने गरेका थिए । प्रहरीले कुनै एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरेको देखिन्छ ।
एसपी थापाका अनुसार ओरियन्टसमा सदस्य बन्न नेपालीले ८० हजारदेखि २ लाख भारुसम्म तिरेका छन् । अधिकांशले आफ्ना नातेदार र नजिकका साथीभाइलाई सदस्य बनाउने गरेका छन् । धेरैअघि सदस्य बनेको भए पनि ठूलो परिमाणमा कमिसन र धेरै तलब पाएको कोही पनि भेटिएका छैनन् ।प्रहरी अनुसन्धानअनुसार रोल्पा, रुकुम, प्यूठान, कालिकोट, दाङ, सप्तरी, नवलपरासी, कपिलवस्तु, धादिङ, गोरखा, स्याङ्जा, अर्घाखाँची, बागुलङ, पर्वत, काभ्रे, झापा, ललितपुरलगायत जिल्लाका युवा भारतीय नेटवर्किङ कम्पनीको सदस्य बनेका छन् । ‘हजारौं नेपाली युवाले करोडौं लगानी गरिसकेका छन,’ एसपीथापाले भने ।पाँच सञ्चालकविरुद्ध मुद्दा रूपन्देही प्रहरीले डेढ वर्षअघि भारतीय भूमिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी हजारौं नेपालीलाई ठग्दै आएका पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । ती पाँचैजना नेपाली नागरिक थिए । प्रहरीले संगठित रूपमा ठगी अभियोगमा चलाएको उक्त मुद्दा अदालतबाट फैसला हुन बाँकी छ ।मुद्दा चलाइएकामध्ये लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा र दाङ लमही नगरपालिका–४ का कुशलराम चौधरी, धादिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर धरौटीमा छुटेका छन ।काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–३ का चन्दितसिंह मोक्तानलाई पाल्पा र बाराको निजगढ नगरपालिका–१२ का दावा लामालाई कपिलवस्तु कारागारमा चलान गरिएको छ । लामा र चौधरी गोरखपुरमा ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालि, मगर बनारसमा विन विन ट्रेडमार्ट प्रालि तथा मोक्तान र दावा कुशिनगरस्थित फुलटन ट्रेडमार्ट प्रालिका सञ्चालक रहेको दाबी प्रहरीको थियो ।एकै व्यक्तिबाट ३ लाखभन्दा धेरै रकम असुल्ने गरेको बयान पीडितले प्रहरीसमक्ष दिएका थिए । दर्पण लामा र कुशलराम चौधरीबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ३९ जनाले जाहेरी दिएका थिए । यस्तै, ज्ञानेन्द्र मगरविरुद्ध २३ र र दावा लामाविरुद्ध १८ जनाले ठगिएको भन्दै पीडितले उजुरी गरेका थिए ।
उनीहरूले ८ हजारदेखि १० हजार भारु लिएर सदस्य बनाउने र साता दिन तालिम दिएर सदस्य खोज्न लगाउने गरेका थिए । उनीहरूलाई थप सदस्य बनाउन सके रकम फिर्ता हुने र नबनाए सबै लगानी फिर्ता नहुने बताइएको थियो । सदस्य बन्न जानेलाई कुनै स्थानको ठूलो महल देखाएर कम्पनीबाट कमिसन आउन थालेपछि खरिद गरेकोभन्ने गरिन्थ्यो । ५ नम्बर प्रदेश योजना आयोग उपाध्यक्ष प्रकाश श्रेष्ठ नेटवर्किङ व्यवसायमा कसैलाई संलग्न गराउनु गलत रहेको बताउँछन् । ‘नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध छ । विदेशी विनिमय ऐनअनुरूप नेपाली नागरिकले बाहिरी देशमा पुँजी जम्मा गर्न पनि मिल्दैन,’ श्रेष्ठले भने । उनले भारतमा रहेका नेटवर्किङ कम्पनीका कारण स्वदेशको पुँजी पलायन हुँदा शोधनान्तर घाटामा असर पुग्ने र लगानीयोग्य पुँजीको अभाव खेपिरहेका स्वदेशी वित्तीय संस्थालाई अझ समस्या हुने बताए ।