• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

नेपालमा भारतिय कम्पनीको खुलियाम नेटवर्किङ कारोबार!


  •   शनिबार, असार २८, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। भारतको गोरखपुरमा कार्यालय रहेको एक कम्पनीले प्रतिव्याक्ती ८ हजार भारुमा एक साता तालिम दिई  सहभागीबाट औषधि खरिद गर्न लगाएर गाउँगाउँमा सदस्य बनाउन परिचालन गर्दै खुलियाम नेटवर्किङ ब्यवसाय गरेको पाईएको छ।यसवाट नेपालबाट करोडौं रकम बाहिरिएको अनुमान गरिएको छ । पछिल्लो समय थोरै समयमा धेरै पैसा कमाउने लोभमा कैयौ युवा युवती नेट्रोकिङ विजनेस भेष्टिज,ओरियन्स,डिएक्सन लगाएका कम्पनीको मार्केटिङ गर्दै विभिन्न प्रकारका महंगा सामागी्र र औषधी बेचविखन गर्दै आइरहका छन् । करिब २ महिना अघि कपिवस्तुका २ युवा समेत ओरियन्स कम्पनीको तालिम लिन भन्दै भारतको काकडभित्ता पुगेका थिए । यो व्यावसाय गर्दा फसिने थाहा हुदैं पनि ति युवाहरु ओरियन्समा लाग्दा लाखौ रकम डुबाई समस्यामा परेका छ। नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ । तर कारोबारीले भारतको गोरखपुर, बनारस र कुशिनगरलगायतमा विभिन्न नामका कम्पनी खडा गरेर नेपालीलाई नै नेटवर्किङ व्यवसायको जालोमा पारिरहेका छन् । यस्ता कम्पनीले नेपालमा घर नै भाडा लिएर सेल्टरका रूपमा प्रयोग गर्ने गरेका छन् ।यस्ता सेल्टर कहाँ कति छन्, खुलिसकेको छैन । उनीहरूले औषधि र कपडा व्यवसाय देखाउँछन् । कम्पनी भारतमा रहे पनि त्यहाँका नागरिक सदस्य बनेको पाइँदैन । ‘नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित देखिन्छन्,’ एसपी थापाले भने, ‘उनीहरूले गाउँका सोझासाझा युवायुवतीलाई धेरै कमाइ हुने लोभ देखाएर फसाइरहेका छन् ।’यसअघि पनि धेरै भारतीय कम्पनीबाट नेपाली ठगिने गरेका थिए । प्रहरीले कुनै एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरेको देखिन्छ ।

    Advertisement

    एसपी थापाका अनुसार ओरियन्टसमा सदस्य बन्न नेपालीले ८० हजारदेखि २ लाख भारुसम्म तिरेका छन् । अधिकांशले आफ्ना नातेदार र नजिकका साथीभाइलाई सदस्य बनाउने गरेका छन् । धेरैअघि सदस्य बनेको भए पनि ठूलो परिमाणमा कमिसन र धेरै तलब पाएको कोही पनि भेटिएका छैनन् ।प्रहरी अनुसन्धानअनुसार रोल्पा, रुकुम, प्यूठान, कालिकोट, दाङ, सप्तरी, नवलपरासी, कपिलवस्तु, धादिङ, गोरखा, स्याङ्जा, अर्घाखाँची, बागुलङ, पर्वत, काभ्रे, झापा, ललितपुरलगायत जिल्लाका युवा भारतीय नेटवर्किङ कम्पनीको सदस्य बनेका छन् । ‘हजारौं नेपाली युवाले करोडौं लगानी गरिसकेका छन,’ एसपीथापाले भने ।पाँच सञ्चालकविरुद्ध मुद्दा रूपन्देही प्रहरीले डेढ वर्षअघि भारतीय भूमिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी हजारौं नेपालीलाई ठग्दै आएका पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । ती पाँचैजना नेपाली नागरिक थिए । प्रहरीले संगठित रूपमा ठगी अभियोगमा चलाएको उक्त मुद्दा अदालतबाट फैसला हुन बाँकी छ ।मुद्दा चलाइएकामध्ये लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा र दाङ लमही नगरपालिका–४ का कुशलराम चौधरी, धादिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर धरौटीमा छुटेका छन ।काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–३ का चन्दितसिंह मोक्तानलाई पाल्पा र बाराको निजगढ नगरपालिका–१२ का दावा लामालाई कपिलवस्तु कारागारमा चलान गरिएको छ । लामा र चौधरी गोरखपुरमा ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालि, मगर बनारसमा विन विन ट्रेडमार्ट प्रालि तथा मोक्तान र दावा कुशिनगरस्थित फुलटन ट्रेडमार्ट प्रालिका सञ्चालक रहेको दाबी प्रहरीको थियो ।एकै व्यक्तिबाट ३ लाखभन्दा धेरै रकम असुल्ने गरेको बयान पीडितले प्रहरीसमक्ष दिएका थिए । दर्पण लामा र कुशलराम चौधरीबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ३९ जनाले जाहेरी दिएका थिए । यस्तै, ज्ञानेन्द्र मगरविरुद्ध २३ र र दावा लामाविरुद्ध १८ जनाले ठगिएको भन्दै पीडितले उजुरी गरेका थिए ।
    उनीहरूले ८ हजारदेखि १० हजार भारु लिएर सदस्य बनाउने र साता दिन तालिम दिएर सदस्य खोज्न लगाउने गरेका थिए । उनीहरूलाई थप सदस्य बनाउन सके रकम फिर्ता हुने र नबनाए सबै लगानी फिर्ता नहुने बताइएको थियो । सदस्य बन्न जानेलाई कुनै स्थानको ठूलो महल देखाएर कम्पनीबाट कमिसन आउन थालेपछि खरिद गरेकोभन्ने गरिन्थ्यो । ५ नम्बर प्रदेश योजना आयोग उपाध्यक्ष प्रकाश श्रेष्ठ नेटवर्किङ व्यवसायमा कसैलाई संलग्न गराउनु गलत रहेको बताउँछन् । ‘नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध छ । विदेशी विनिमय ऐनअनुरूप नेपाली नागरिकले बाहिरी देशमा पुँजी जम्मा गर्न पनि मिल्दैन,’ श्रेष्ठले भने । उनले भारतमा रहेका नेटवर्किङ कम्पनीका कारण स्वदेशको पुँजी पलायन हुँदा शोधनान्तर घाटामा असर पुग्ने र लगानीयोग्य पुँजीको अभाव खेपिरहेका स्वदेशी वित्तीय संस्थालाई अझ समस्या हुने बताए ।

    शनिबार, असार २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...