पाल्पा । पाल्पामा जीप दुर्घट्नामा परि एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।आज बुटबलबाट तानसेन हुँदै सर्देवातर्फ गएको लुअब ४१९४ नं. को बलेरो जीप जिल्लाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी रहेकी छिन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा बुढाथोकीको मृत्यु भएको हो । घाइते १४ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी हार्थोकका प्रहरी नायब निरीक्षक नोखबहादुर थापाले बताउनुभयो ।जीप दुर्घटना भई सडकदेखि ३० मिटर तल खसेको छ । प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक अनुसन्धान जारी छ । घाइतेमध्ये ६ जनाको अवस्थामा गम्भीर रहेको छ ।
Advertisement