माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा ।गर्मी समय लाग्नै नहुने दैनिकि यति घर जले यतिको क्षती भयो भन्ने समाचारहरु आइरहन्छन । आगलागीका घटना कम गर्नको लागी कपिलवस्तुको शिवराज नगरपालिकाले दमकल खरिद गर्ने भएको छ । नगरपालिकाले आगामी योजना दमकल खरिदको लागी बजेट विनियोजन गरेको छ । शिवराज नगरपालिका भित्र वर्षेनि आगलागीको कारण लाखौको जनधनको क्षती हुने गरेकोले यसलाई नियन्त्रण र जनताको आवश्यकतालाई महशुस गरेको दमकलको लागी बजेट विनियोजन गरेको नगरप्रमुख नेत्रराज अधिकारीले वताए ।नगरपालिकाले ९० लाखको लागतमा दमकल खरिद गर्ने छ । दमकलको ब्यवस्थापनको लागी १० लाख वजेट नगरपालिकाले छुट्याएको छ । उक्त वजेट अपुग भएमा अन्य स्थानिय तह तथा प्रदेश र केन्द्र सरकार सग सहकार्य गरेर आगामी वर्ष दमकल खरिद गरिने अधिकारीले वताए । कपिलवस्तु जिल्लामा ३ वटा मात्र दमकल रहेका छन ।वाणगंगा नगरपालिका,कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकामा मात्र रहेको छन । ति दमकल लाई संचालनमा पनि केहि जटिल देखीएको छ । शिवराज नगरपालिका विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका वुद्धभुमी नगरपालिका,यशोधरा गाउँपालिका,शुद्धोधन गाउँपालिका,मायादेवी गाउँपालिका दमकल नहुदा समस्या हुदै आएको छ । पश्चिमि क्षेत्रकम कृष्णनगर,उत्तरी क्षेत्रमा वाणगंगा र दक्षीणि क्षेत्रमा कपिलवस्तु नगरपालिकाको दमकलले काम चलाउदै आएको छ ।स्थायिनहरुको माग पछि शिवराज नगरपालिकाले दमकल खरिद गर्ने निर्णय गरेकोमा नगरवासीहरुमा खुसीयाली छाएको छ । यसै नगरपालिकामा मात्र यस वर्ष मात्र करिव ३ दर्जन वढी घरगोठ जलेर नष्ठ भएको थिए ।
आगामी भदै देखी खरिद प्रकृया सुरु गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलेले वताए । “अहिले अनुमानको भरमा वजेट छुट्टाएका छौ दमकल व्यावस्थापन सम्वन्धि कुनै तयारी भएको छैन” अधिकृत पौडेलले भने । नगरपालिकाले खरिद गर्ने भएपनि दमकल संचालनको लागी सुरक्षा निकायलाई जिम्म दिने नगरको मनसाय छ । शसस्त्र प्रहरीलाई दिएमा सहज तरिकाले संचालन हुने विश्वास नगरपालिका जनप्रतिनिधिहरुको रहेको छ । “नगरपालिकाले दमकल अति आवश्यक ठानेर यस वर्षले १ करोड वजेट छुट्टाएका छौ’दमकल संचालन पनि आगलागी वाट हुने क्षेती कम हुने शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले वताए ।
दमकल खरिदको तयारीमा शिवराज नगरपालिका , १ करोड वजेट विनियोजन
दमकल खरिदको तयारीमा शिवराज नगरपालिका , १ करोड वजेट विनियोजन

Advertisement
तपाईको प्रतिक्रिया