सनि, कपिलवस्तु। मंगलबार कपिलवस्तु गोरुसिङेका स्थानीयहरु बरकुलपुरका एक ब्यक्तिलाई अपहरण गरे । आफ्नो गाउँले अपहरण परेपछी बरकुलपुरमा हल्लाखल्ला मचियो । बुधबार दिउँसो बरकुलपुरका थारु समुदाय जम्म भई अपरहण परेका ब्यक्तिलाई छुट्टाउन जुक्ति निकाले । गाउले अपहरणमा परेका ब्यक्तिलाई छुट्टाउन सबै गाउँ महिला गोरुसिङे जाने निर्णय गरे । बुधबार बेलुका ५ बजेको समयमा गाउले महिला तथा किशोरीहरु नाराबाजी गर्दै गोरुसिङे पुगि अपहरणमा परेका ब्यक्तिलाई छुटाएर ल्याए । यो घटना हेर्दा ठुलै अपराध भएजस्तो देखीएपनी एक नाटक मात्र गरिएको थियो । लामो समयसम्म पानी नपरेपछि कपिलवस्तुको बरकुलपुर र गोरुसिङेका थारु समुदायका माहिलाहरुले पानी पर्ने विश्वासका साथ गरिएको थियो । समयमा पानी नपरेपछि एक संस्कारको रुपमा प्रस्तुत गरिएको एक परम्परागत चलन रहेको थारु आगुवाहरुले बताएका छन ।
Advertisement