घाेराही। चट्याङले लागेर दाङकाे तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजेतिर परेको चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घर बाहिर निस्केको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको मृत्यु भएको थियो ।
Advertisement