काठमाडाैँ। आकर्षक तलबको लोभ देखाएर साईप्रस पठाइदिने भन्दै डेढ लाख रुपैया ठगी गर्ने एक महिला पक्राउ परेकी छन। पाल्पाको खानीगाऊँ गाविस–८ बस्ने टिकाकुमारी थापा ठगी आरोपमा महाराजगंजबाट आइतबार पक्राउ परेकी हुन।थापाले वैदेशिक रोजगार ब्यबसाय सञ्चालन गर्ने ईजाजत–पत्र वेगर नै गत २०६९ साल वैशाख ७ मा नमिता देवसँग एक लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले जनाएको छ।थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा सर्वोच्च अदालतको गत २०७५ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना गर्नुका साथै जाहेरवालालाई विगो र हर्जाना समेत गरी कुल रकम १४ लाख २५ पच्चीस हजार रुपैयाँ भराई दिने फैसला गरेको थियो। थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
साईप्रस पठाइदिने भन्दै डेढ लाख ठगी गर्ने महिला पक्राउ
साईप्रस पठाइदिने भन्दै डेढ लाख ठगी गर्ने महिला पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया