• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

आज धान दिवस, विविध कार्यक्रम गरिँदै


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • काठमाडाैं। मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् ।यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation