• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

दाङका ३७ वटा वडा बाढिको उच्च जोखिममा


  •   शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
  • दाङ।दाङमा नौ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन् । दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तह छन् भने १०० वटा वडा रहेका छन् । विशेष गरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीहरुले नोक्सान पार्ने गरेको छ । राजपुर गाउँपालिकाका ७ वटै वडा, गढवा गाउँपालिकाका ७ वटा वडा, राप्ती गाउँपालिकाका ८ वटा वडा, दंगिशरण गाउँपालिकाको ३ वटा वडा, बबई गाउँपालिकाका दुई वटा वडा, शान्तिनगर गाउँपालिकाका ३ वटा वडा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिममा देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुुख खिलानाथ दाहालले बताए । यस्तै, बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकाका ७ वटा वडा पहिरोको उच्च जोखिममा छन् । ‘वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरु दाङमा धेरै छन्, किनारमा बस्तीहरु छन्, उनीहरु वर्षेनी जोखिममा पर्छन्, उनीहरुलाई समयमै सूचना पु¥याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भैरहेको छ,’ दाहालले भने – ‘जोखिम क्षेत्रमा बस्नेहरुले समेत सचेत नहुँदा वर्षेनी क्षति हुने गरेको छ ।’ मनसुनसँगै हुनसक्ने आपतविपद्को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मनसुनको पूर्वतयारी, उद्धार र राहत लगायतका सम्पूर्ण व्यवस्थापनका लागि जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुबीचमा काम बाँडफाँड समेत भैरहेको उनले बताए । कार्ययोजनाअनुसार जिल्ला समन्वय समितिको नेतृत्वमा पुुनःस्थापना तथा पुुनःनिर्माण, जिल्ला शिक्षा विकास समन्वय इकाई समिति र सम्बन्धित स्थानीय तहका शिक्षा शाखाको संयोजनकत्वमा शिक्षा समिति, प्रत्येक स्थानीय तहको महिला तथा बालबालिकाका शाखाको संयोजकत्वमा संरक्षण समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति, कृषि ज्ञान केन्द्र तथा खाद्य संस्थानको सहकार्यमा खाद्य तथा कृषि निर्माण भएको छ । यस्तै, आश्रय स्थल तथा गैरखाद्यवस्तुुको व्यवस्थापन शहरी विकास भवन निर्माण कार्यालय र रेडक्रस सोसाइटी, समन्वय खोज तथा उद्धार प्रजिअको सयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सूचना सम्प्रेषण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङलाई जिम्मेवारी तोकिएको छ । विपद् व्यवस्थापन र पूर्वतयारीको विषयमा जनजागरणको रुपमा प्रशिक्षण तथा प्रचारप्रसार गर्ने, सुरक्षा निकायसहित सबै सरोकारवाला निकायले विपद् सुरक्षा तालीमलगायत स्रोतसाधनको तयारी गर्ने र अत्यावश्यक सरसामान, उपकरण र वस्तुहरु परिस्थितिअनुसार तुरुन्त प्रयोग गर्न सकिने अवस्थामा राख्ने, विपद् परेमा तत्काल उद्धार गरी प्रभावितहरुलाई राहत वितरण गर्ने उद्देश्यले जिल्लाका विकट स्थानहरुमा रहेको गापा÷नेपाल रेडक्रस सोसाइटी÷जिल्ला खाद्य डिपो तथा स्थानीय तहहरुमा तयारी खाद्य तथा गैरखाद्यवस्तुको भण्डारणको व्यवस्थापन गर्ने र ग्रामीण क्षेत्रका बिग्रिएका बाटोहरुको मर्मत गर्ने कार्ययोजनामा उल्लेख छ ।
    बाढी पहिरोले सडक अवरुद्ध भए सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक परे डोजरको प्रयोग गर्ने, हैजा÷झाडा पखाला फैलिएको अवस्थामा तुरुन्त स्वास्थ्यकर्मीको टोली खटाई नियन्त्रण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनका अनुसार विस्थापित तथा घाइते बिरामीहरुको समयमै उपचार गरी प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्न र घाइतेहरुलाई अस्पताल लैजान मद्दत गरिनेछ । नेपाल प्रहरी जिल्लाभर ५२५, नेपाली सेना १८० र सशस्त्र प्रहरी ३५ जना तालिम प्राप्त जनशक्ति रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख दाहालले बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी अस्पताल, स्वास्थ्य चौकी लगायत निजी र नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाका ३८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । घोराही, तलसीपुर र लमहीका चार वटा दमकल, ८३ वटा डोजर, १२ वटा स्काभेटर, एउटा शवबाहन तयारी अवस्था छन् । सिसहनियाँ, गोबर्डिहा, गंगापरस्पुर, बेला राजपुर, सतवरिया लगायतका क्षेत्रमा १२ वटा डुङ्गा र १५ वटा खानेपानी ट्यांकर तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले बताएको छ ।

    Advertisement

    शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation