• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

लोकप्रिय समाचार

  • १. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • २. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ३. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ४. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ५. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • ६. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ७. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

  • ८. बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

  • ९. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • १०. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

दाङका ३७ वटा वडा बाढिको उच्च जोखिममा


  •   शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
  • दाङ।दाङमा नौ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन् । दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तह छन् भने १०० वटा वडा रहेका छन् । विशेष गरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीहरुले नोक्सान पार्ने गरेको छ । राजपुर गाउँपालिकाका ७ वटै वडा, गढवा गाउँपालिकाका ७ वटा वडा, राप्ती गाउँपालिकाका ८ वटा वडा, दंगिशरण गाउँपालिकाको ३ वटा वडा, बबई गाउँपालिकाका दुई वटा वडा, शान्तिनगर गाउँपालिकाका ३ वटा वडा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिममा देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुुख खिलानाथ दाहालले बताए । यस्तै, बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकाका ७ वटा वडा पहिरोको उच्च जोखिममा छन् । ‘वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरु दाङमा धेरै छन्, किनारमा बस्तीहरु छन्, उनीहरु वर्षेनी जोखिममा पर्छन्, उनीहरुलाई समयमै सूचना पु¥याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भैरहेको छ,’ दाहालले भने – ‘जोखिम क्षेत्रमा बस्नेहरुले समेत सचेत नहुँदा वर्षेनी क्षति हुने गरेको छ ।’ मनसुनसँगै हुनसक्ने आपतविपद्को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मनसुनको पूर्वतयारी, उद्धार र राहत लगायतका सम्पूर्ण व्यवस्थापनका लागि जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुबीचमा काम बाँडफाँड समेत भैरहेको उनले बताए । कार्ययोजनाअनुसार जिल्ला समन्वय समितिको नेतृत्वमा पुुनःस्थापना तथा पुुनःनिर्माण, जिल्ला शिक्षा विकास समन्वय इकाई समिति र सम्बन्धित स्थानीय तहका शिक्षा शाखाको संयोजनकत्वमा शिक्षा समिति, प्रत्येक स्थानीय तहको महिला तथा बालबालिकाका शाखाको संयोजकत्वमा संरक्षण समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति, कृषि ज्ञान केन्द्र तथा खाद्य संस्थानको सहकार्यमा खाद्य तथा कृषि निर्माण भएको छ । यस्तै, आश्रय स्थल तथा गैरखाद्यवस्तुुको व्यवस्थापन शहरी विकास भवन निर्माण कार्यालय र रेडक्रस सोसाइटी, समन्वय खोज तथा उद्धार प्रजिअको सयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सूचना सम्प्रेषण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङलाई जिम्मेवारी तोकिएको छ । विपद् व्यवस्थापन र पूर्वतयारीको विषयमा जनजागरणको रुपमा प्रशिक्षण तथा प्रचारप्रसार गर्ने, सुरक्षा निकायसहित सबै सरोकारवाला निकायले विपद् सुरक्षा तालीमलगायत स्रोतसाधनको तयारी गर्ने र अत्यावश्यक सरसामान, उपकरण र वस्तुहरु परिस्थितिअनुसार तुरुन्त प्रयोग गर्न सकिने अवस्थामा राख्ने, विपद् परेमा तत्काल उद्धार गरी प्रभावितहरुलाई राहत वितरण गर्ने उद्देश्यले जिल्लाका विकट स्थानहरुमा रहेको गापा÷नेपाल रेडक्रस सोसाइटी÷जिल्ला खाद्य डिपो तथा स्थानीय तहहरुमा तयारी खाद्य तथा गैरखाद्यवस्तुको भण्डारणको व्यवस्थापन गर्ने र ग्रामीण क्षेत्रका बिग्रिएका बाटोहरुको मर्मत गर्ने कार्ययोजनामा उल्लेख छ ।
    बाढी पहिरोले सडक अवरुद्ध भए सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक परे डोजरको प्रयोग गर्ने, हैजा÷झाडा पखाला फैलिएको अवस्थामा तुरुन्त स्वास्थ्यकर्मीको टोली खटाई नियन्त्रण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनका अनुसार विस्थापित तथा घाइते बिरामीहरुको समयमै उपचार गरी प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्न र घाइतेहरुलाई अस्पताल लैजान मद्दत गरिनेछ । नेपाल प्रहरी जिल्लाभर ५२५, नेपाली सेना १८० र सशस्त्र प्रहरी ३५ जना तालिम प्राप्त जनशक्ति रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख दाहालले बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी अस्पताल, स्वास्थ्य चौकी लगायत निजी र नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाका ३८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । घोराही, तलसीपुर र लमहीका चार वटा दमकल, ८३ वटा डोजर, १२ वटा स्काभेटर, एउटा शवबाहन तयारी अवस्था छन् । सिसहनियाँ, गोबर्डिहा, गंगापरस्पुर, बेला राजपुर, सतवरिया लगायतका क्षेत्रमा १२ वटा डुङ्गा र १५ वटा खानेपानी ट्यांकर तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले बताएको छ ।

    Advertisement

    शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान
    थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए
    थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
    दाङमा पेस्तोलसहित एक युवक पक्राउ
    गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    लोकप्रिय

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • २.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ३.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार

    • ४.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ५.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल

    • ६.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    • २.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • ३.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ४.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ५.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ६.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ७.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ८.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation