सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।खोटाङ हलेसीबाट काठमाडाैं जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति २ बजेतिर सुनकोशी नदीको बगरमा खस्दा काठमाडाै. महानगरपालिका–३१ नयाँबानेश्वर निवासी ६० वर्षीय अच्युत लामिछाने र उहाँकी बुहारी ४५ वर्षकी हेमा लामिछानेको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।चालक ५८ वर्षीय दीपक लामिछाने (हेमाको श्रीमान्) र २६ वर्षीय आस्था लामिछाने (अच्युतको छोरी) घाइते भएको र उनीहरूलाई उपचारको लागि काठमाडाैं पठाइएको सिन्धुली जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।
Advertisement